काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले सबै विद्यार्थी संगठनका अध्यक्षहरुलाई छलफलका लागि आज बालुवाटारमा बोलाएका छन् ।
त्रिविले फागुन दोस्रो सातामा स्ववियु निर्वाचन गर्ने तयारी थालेको छ । निर्वाचनको तयारीसँगै छलफल गर्न प्रधानमन्त्री ओलीले विद्यार्थी नेताहरुलाई प्रधानमन्त्री निवास बोलाएको बताइएको छ ।
छलफलमा विद्यार्थी संगठनबाट अनेरास्ववियुकी अध्यक्ष नवीना लामा, नेविसंघका अध्यक्ष नैनसिंह महर, अनेरास्ववियु (क्रान्तिकारी ) का अध्यक्ष रञ्जित तामाङ लगायत विद्यार्थी संगठनका अध्यक्ष र त्रिविका पदाधिकारीहरुको उपस्थित रहेको छ । त्रिविले यसअघि नै स्ववियु चुनाव तयारी गर्न सम्बन्धित क्याम्पस प्रमुख तथा विद्यार्थी संगठनलाई परिपत्र गरिसकेको छ ।
प्रधानमन्त्रीले विद्यार्थी नेताहरुलाई छलफलका लागी बोलाएसँगै यसलाई अर्थपूर्णरुपमा लिइएको छ ।





























प्रतिक्रिया