केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । "/>

धुर्मुस-सुन्तलीले क्रिकेट मैदान बनाउनेदेखि प्रधानमन्त्रीको पुत्ला दहनसम्म

धुर्मुस-सुन्तलीले क्रिकेट मैदान बनाउनेदेखि प्रधानमन्त्रीको पुत्ला दहनसम्म

केन्द्रबिन्दु
0
Shares

देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ ।

यसरी अपडेट भएका अनेकौ समाचारहरु मध्ये प्रमुख समाचारहरुलाई यहाँ प्रस्तुत गर्दैछौ । हाइलाइट गरिएको शिर्षकहरुमा क्लिक गरेर बिस्तृत समाचार पढ्न सक्नु हुन्छ ।

को हुन् अफ्रिदी र तेण्दुलकरको रेकर्ड तोड्ने नेपाली रोहित ? (भिडियोसहित)

विश्व क्रिकेटका सर्वाधिक विष्फोटक ब्याट्सम्यान पाकिस्तानका शहिद अफ्रिदीको रेकर्ड तोडेपछि यतिवेला नेपाली युवा क्रिकेटर रोहितकुमार पौडेल अन्तरराष्ट्रिय क्रिकेट जगत् मै ‘हटकेक’ बनेका छन् । नेपाली क्रिकेटर रोहित अन्तर्राष्ट्रिय वान डे क्रिकेटमा अर्धशतक बनाउने सबैभन्दा कम उमेरका खेलाडि बनेका छन् । दुबईमा शनिबार युएई बिरुद्धको दोश्रो एकदिवसीय सिरिजमा उनले ५७ बलको सामना गर्दै ७ चौकासहित ५५ रन बनाएका थिए ।

धुर्मुस–सुन्तलीले भरतपुरमा बनाउने भए क्रिकेट रंगशाला, सहयोगको अपिल

धुर्मुस–सुन्तली फाउण्डेशनले अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला भरतपुरमा बनाउने भएको छ । त्रिभुवन विश्वविद्यालयको नाममा रहेर हाल कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गर्दैआएको भरतपुर महानगरपालिका–१५ मा रहेको जग्गामा रङ्गशाला बन्ने भएको हो ।

सीडीओले मालपोत र नापीका हाकिमलाई घुस नमाग्ने कसम खुवाए

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले मालपोत र नापी कार्यालयका प्रमुखलाई घुस नमाग्ने कसम खुवाएका छन् । जिल्लास्थित मालपोत र नापी कार्यालयमा छड्के अनुगमन गर्दै कार्यालय प्रमुखहरुलाई सेवाग्राहीकै सामुन्ने राखेर घुस नखाई छिटो छरितो ढंगले काम गर्ने कसम खुवाएका हुन् ।

डा. केसीको जीवन रक्षाको माग गर्दै चिकित्सक संघद्वारा रिले अनसन घोषणा

नेपाल चिकित्सक संघले सोमबारदेखि रिले अनसन सुरु गर्ने भएको छ । डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै संघले रिले अनसन सुरु गर्ने घोषणा गरेको हो । आइतबार काठमाडौंका त्रिवि शिक्षण अस्पतालमा भएको चिकित्सकहरुको भेलाले केसीको माग पूरा गरी जीवन रक्षाको माग गर्दै रिले अनसन सुरु गर्ने निर्णय गरेको हो ।

विराटनगरमा निवस्त्र र मुखबाट रगत बगेको अवस्थामा बालिकाको शव भेटियो

मोरङको सिघिंयाखोलामा एक बालिकाको शव फेला परेको छ । विराटनगर महानगरपालिका ८ सिघिंयाखोलामा आइतबार दिउँसो स्थानीय ११ वर्षकी रुपमती दासको शव फेला परेको हो । उनको शव नग्न अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । खोलामा शव निवस्त्र र मुखबाट रगत बगेको अवस्थामा उनको शव भेटिएको छ । खोला नजिकै बस्तीकी ती बालिका शनिबार राति घरबाट हराएकी थिइन् ।

थारु कल्याणकारिणी सभाले थाल्यो रेशम चौधरी बचाउँ अभियान

टिकापुर घटनाका मुख्य अभियुक्त मानिएका रेशमलाल चौधरी बचाउँ अभियान सुरु गरिएको छ । थारु कल्याणकारिणी सभाले रेशम चौधरी बचाउँ अभियान थालेको हो । यो अभियान सप्तरीबाट सुरु हुदैंछ । उक्त अभियानको लागि भन्दै ३१ सदस्यीय संघर्ष समिति समेत गठन गरिएको छ । टीकापुर हत्याकाण्डको मुख्य योजनाकार मानिएका तथा कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद चौधरीले गत पुस १९ गते पद तथा गोपनियातको सपथ ग्रहण गरेका थिए ।

नेविसंघले प्रधानमन्त्रीको पुत्ला जलाउँदा…(भिडियोमा)

नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले प्रधानमन्त्रीको पुत्ला दहन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गर्दै उनको पुत्ला दहन गरेको हो ।

बाँध भत्किँदा ब्राजिलमा ३४ को मृत्यु, तीन सय बढी बेपत्ता (हृदयविदारक तस्बिर)

ब्राजिलमा बाँध भत्किँदा ३४ जनाको मृत्यु भएको छ । ३ सय भन्दा बढी बेपक्ता भएका छन् । दक्षिण पूर्वस्थित मेनस जेराइस राज्यको ब्रूमाडिनो शहर नजिकै भएको एउटा बाँध भत्किँदा ३४ जनाको मृत्यु भएको हो ।

पूर्व राजा ज्ञानेन्द्रले किन बढाए आफ्नो सक्रियता ? पश्चिमपछि पूर्वको यात्रामा

पूर्वराजा ज्ञानेन्द्र शाह सिमरा भ्रमणमा निस्किदैंछन् । दुई हप्ता भन्दा बढी समय पोखरामा बिताएर फर्केको एक महिना पुग्दा नपुग्दै पूर्वराजा शाह आज अपरान्ह ४ बजे सिमरा जान लागेका हुन् ।

 

Logo