अब चुरोट सित्तैमा दिए १० हजार जरिवाना : गण्डकी प्रदेशको यस्तो तयारी

अब चुरोट सित्तैमा दिए १० हजार जरिवाना : गण्डकी प्रदेशको यस्तो तयारी

केन्द्रबिन्दु
0
Shares

पोखरा

सित्तैमा चुरोट दिँदा वा उपहारको रुपमा वितरण गर्दा ख्याल गर्नुहोस् १० हजार रुपैयाँ जरिवाना तिर्नुपर्ला । चुरोट मात्रै होईन सूर्तिजन्य पदार्थ अन्तर्गत पर्ने बिँडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सूर्ति, खैनी, जर्दा, गुट्खा, सूर्ति वा सूर्तिजन्य पदार्थ कसैले पनि वितरण गर्न वा उपहार दिन पाउने छैन । फुटकर रुपमा चुरोट, बिँडी वा सिगारको खिल्ली बिक्री वितरण गर्न पनि पाईनेछैन ।

गण्डकी प्रदेश सरकारले प्रदेशसभामा पेश गर्न लागेको सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) सम्बन्धमा व्यवस्था गर्न बनको विधेयक अनुसार तपाईले सजाय भोग्नुपर्ने हुन्छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले यो विधेयकको मस्यौदा तयार पारेको हो । मानव स्वास्थ्यलाई ख्यालमा राखेर सरकारले सूर्तीजन्य पदार्थ नियन्त्रण र नियमन विधेयक ल्याएको हो । यो विधेयकलाई मन्त्रिपरिषद्ले प्रदेशसभामा पेश गर्न स्विकृत दिएपछि प्रदेशसभा सचिवालयमा दर्ता समेत भईसकेको छ ।

विधेयकको दफा १० अनुसार सूर्तिजन्य पदार्थको उत्पादक लगायत कसैले पनि पत्रपत्रिका तथा विभिन्न सञ्चारमाध्यम, अन्तरक्रिया कार्यक्रम, होर्डिङ बोर्ड, भित्तेलेखन, लोगो, संकेत, लेख, दृश्य, आवाज, चिन्ह, व्यक्ति वा अन्य कुनै पनि माध्यमबाट यसको विज्ञापन वा प्रवर्द्धन गर्न वा कुनै कार्यक्रम, समाचार वा सूचना सम्प्रेषण वा प्रायोजन गर्न पाउँदैन । यो दफालाई उल्लंघन गरेको खण्डमा १ लाख रुपैयाँसम्म जरिवाना हुनेछ ।

यस्तै १८ वर्ष उमेर नपुगेका व्यक्ति र गर्भवती महिलालाई सूर्तिजन्य पदार्थ बिक्रिवितरण गर्न पाईनेछैन । विक्रेताले उमेरको बारेमा यकिन हुन प्रमाण समेत माग्न पाउने व्यवस्था विधेयकमा छ ।
नागरिकबाट

Skip This
Skip This
Logo