रमेश प्रसाईंले जिते पब्लिक स्पिकर नेपाल सिजन २ को उपाधि

रमेश प्रसाईंले जिते पब्लिक स्पिकर नेपाल सिजन २ को उपाधि

केन्द्रबिन्दु
0
Shares

धरानका रमेश प्रसाईंले पब्लिक स्पिकर नेपाल सिजन २ को उपाधि जितेका छन् । देशका विभिन्न १२ स्थानमा आयोजित अडिसनमा सहभागिता जनाएका करीब ११०० युवाका माझबाट प्रसाईंले ब्लिक स्पिकर नेपाल सिजन २ को उपाधि जितेका हुन् ।

मकवानपुरकी दिपशिखा घिमिरे, काठमाडौंका प्रज्वल विक्रम विष्ट, धरानका रमेश प्रसाईं, काठमाडौंका प्रनव काफ्ले र मोरङ्गकी मञ्जीता गुरुङ्गबीच अन्तिम प्रतिस्पर्धा भएको थियो । सेमी फाइनलबाट बाहिरिएकी काठमाडौंकी मानसी ठाकुरले भने पब्लिक भोटिङ्ग मार्फत पुनः प्रतियोगितामा प्रवेश पाएकी थिइन् ।

रमेशले प्रतियोगीताको प्रमुख उपाधिको साथै पब्लिक स्पीकर नेपाल २ को पब्लिक च्वाइस अवार्डसमेत हात पारेका छन् । त्यसैगरी काठमाडौका प्रनव काफ्ले प्रथम उपविजेता र काठमाडौंकै मानसी ठाकुरले द्वितिय उपविजेताको उपाधि हात पारेका छन् ।

कार्यक्रममा विजेता, प्रथम उपविजेता र द्वितिय उपविजेतालाई क्रमशः नगद पुरस्कार स्वरुप तीन लाख, दुई लाख र एक लाख लाख रुपैंया पाए। महानायक राजेश हमाल, लैंङ्गिक तथा विकास विज्ञ सरु जोशी श्रेष्ठ, संविधानविद् डा. भिमार्जुन आचार्य, एलसीसीआई नेपाल संस्थाका चिफ अपरेटिङ्ग अफिसर डा.रोशन राठीले कार्यक्रमको विभिन्न चरणमा निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

Logo