हेटौँडा
प्रदेश ३ को मुख्य न्यायाधिवक्ता कार्यालयबाट सम्पन्न भएका कामको विवरणसहितकोे प्रतिवेदन प्रदेश प्रमुख अनुराधा कोइरालालाई हस्तान्तरण गरिएको छ । मुख्य न्यायाधिवक्ता सूर्यचन्द्र न्यौपानेले सो प्रतिवेदन हस्तान्तण गर्नुभएको हो ।
सो प्रतिवेदन विहिबार नै प्रदेश प्रमुखमार्फत मुख्यमन्त्री डोरमणि पौडेललाई हस्तान्तरण गरिएको छ । प्रतिवेदनमा कार्यालयको परिचय, सङ्गठनको संरचना, कर्मचारी विवरण, खर्च, वार्षिकरुपमा सम्पादित कार्य विवरण कार्यालयले सामना गर्नुपरेका समस्या तथा चुनौती एवं सुझाव रहेको छ । प्रतिवेदनमा मुख्य न्यायाधिवक्ताको नियुक्तिदेखि हालसम्मको कार्य विवरण समावेश गरिएको मुख्य न्यायाधिवक्ताको कार्यालयले जनाएको छ ।
लामो समयदेखि कानूनी क्षेत्रमा क्रियाशील न्यौपानेलाई गत फागुन २३ गते मुख्यमन्त्रीको सिफारिशमा प्रदेश प्रमुखले मुख्य न्यायाधिवक्ताका रुपमा नियुक्त गर्नुभएको हो । मुख्य न्यायाधिवक्ता प्रदेश सरकारको प्रमुख कानूनी सल्लाहकारका रुपमा रहने व्यवस्था रहेको छ ।
रासस





























प्रतिक्रिया