काठमाडौँ
पछिल्लो समय अस्पतालहरूमा मौसमी इन्फ्लुएन्जा बिरामी बढेका छन् । उपत्यकाका मुख्य अस्पताल शिक्षण, वीर, कान्ति, शुक्रराज ट्रपिकल, अल्का, नर्भिक लगायतका अस्पतालमा मौसमी फ्लुका बिरामीहरूको सङ्ख्या बढेको ती अस्पतालले जानकारी दिएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हालसम्म १५० जनाभन्दा बढी व्यक्तिमा सिजनल इन्फ्लुएन्जा (मौसमी रुघाखोकी) एएचवनएनवनका बिरामी देखिएका छन् । महाशाखाका अनुसार ३३४ जना बिरामीको घाँटीको ¥यालको नमूना परीक्षण गर्दा १६८ जना बिरामीमा इन्फ्लुएन्जाका बिरामी थिए । विभिन्न अस्पतालमा सिजनल फ्लु को समस्या लिएर आउने विरामी पनि धेरै रहेका छन् ।
टेकुस्थित शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेले दैनिक २५ जना बिरामी सिजनल फ्लुका बिरामी आउने गरेको जानकारी दिनुभयो । उहाँले तीमध्ये १० देखि १५ जना एचवनएनवनका बिरामी देखा पर्ने गरेको बताउनुभयो । कतिपयलाई आइसीयूमा राखेर उपचार गरिरहनु परेको जानकारी दिदै उहाँले भन्नुभयो,“केही दिन उपचार गरेपछि ठीक भएर घर गएका छन् ।”
मौसमी फ्लुका कारण पछिल्लो समय नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समेत प्रभावित हुनुभएको थियो भने उहाँकी श्रीमती सीता दाहाल तथा खानेपानी मन्त्री बिना मगर समेत अस्पताल भर्ना हुनुभएको छ ।
गोरखापत्रबाट































प्रतिक्रिया