एजेन्सी । श्रीमान श्रीमतीबीच ठूलै विवाद हुँदा सम्बन्ध विच्छेदको कुरा आउँछ । उनीहरु एकअर्का प्रति विश्वास गर्न नसक्ने अवस्थामा मात्रै डिभोर्सको कुरा अगाडि बढाउँछन् । श्रीमती कुनै अर्को पुरुषसँग लागेको, परपुरुषसँग शारीरिक सम्पर्क गरेको लगायत गम्भीर आरोप लगाएर मात्रै श्रीमानले सम्बन्ध विच्छेद गर्छने ।
त्यस्तै महिलाले पनि श्रीमान अर्को पुरुषसँग लाग्यो वा अर्को महिलासँग शारीरिक सम्र्पक गरेमा डिभोर्स दिन्छिन् । तर भारतमा भने एक अनौठो घटना बाहिर आएको छ । भारत बिहारस्थित मसौढीमा एक पुरुषले श्रीमतीमाथि अनौठो आरोप लगाएर डिभोर्सका लागि निवेदन दिएका छन् ।
बूढीले कहिल्यै ननुहाएको भन्दै डिभोर्सको लागि निवेदन दिएका हुन् । ति पुरुषका अनुसार पत्नी नुहाउँदा पनि नुहाउँदिन अनि कपाल पनि धुँदिन् । उसको शरीरबाट दुर्गन्ध आउँछ र सँगै बस्नै सकिँदैन । पतिले जति सम्झाएपनि पत्नीले कुरा नसुनेपछि कुटपिट गरेर घरबाट निकाले ।
पीडित पत्नीले महिला आयोगमा उजुरी दिएपछि वैवाहिक सम्बन्धमा सरसफाइको मुद्दा पहिलोपटक आयोगसमक्ष आयो । आयोगले नोटिस पठाएपछि मंगलवार पति आयोग पुगेर पत्नीको शरीरबाट दुर्गन्ध आउने कुरा सुनाए ।
पतिले भने, ‘ऊ लामो समयसम्म नुहाउँदिन र ननुहाएकाले उसको कपालमा जुम्रा परेको छ । नुहाउनका लागि श्याम्पू दिँदा ऊ त्यसले बर्को धोइदिन्छे । अनि ऊ घरको कामकाज पनि गर्दिन ।’
विवाह भएदेखि नै पत्नीले ननुहाएको उनको भनाई छ । उनीहरुले एक वर्षअघि विवाह गरेका थिए । बिहेपछि पत्नी फोहरी बस्ने गर्दा पति चिन्तित थिए । त्यसैले गर्दा उनीहरूबीच प्रायः झगडा र कुटपिट हुन्थ्यो ।पतिले भ्रममा पारेर बिहे गरिएको आरोप लगाए ।
पत्नीका अनुसार, उनी माइतमा यसरी नै ननुहाइकन बस्थिन् । महिला आयोगले दुवै पक्षको कुरा सुनेर उनीहरूलाई विवाद समाधान गर्नका लागि एक महिनाको समय दिएको छ । त्यसपछि पनि सुधार नआएमा अर्को कारवाही गरिने आयोगले चेतावनी दिएको छ ।





























प्रतिक्रिया