डिजेल पेट्रोल जतिसुकै महंगो होस् भारतका पुरुषोत्तम भाइ पिपलियालाई यसले केही फरक पर्दैन् । किनकी ऊसँग पानीबाट चल्ने मारुती ८०० कार छ ।
सुरतको कतारगाउँमा फोर व्हीलर वर्कसप चलाउने ५७ बर्षिय मेकानिकल्स इन्जिनियर पुरुषोत्तमले पेट्रोलको सट्टा हाइड्रोजन ग्याँसबाट चल्ने फर्मुला आविष्कार गरेका हुन् । कारमा पानीको ट्याङक हुन्छ । जुन पानीबाट हाइड्रोजन ग्याँस बनिरहन्छ र कार चल्छ । एभरेज पेट्रोलबाट चल्ने कार भन्दा दोब्बर र खर्च नभएको बराबर हो । १ लिटर पानीबाट बन्ने हाइड्रोजनबाट ६० देखि ७० किमीसम्म चल्न सक्छ । यसबाट वायु प्रदुषण पनि हुँदैन् ।
हुन त त्यसमा अझै पनि पेट्रोलको आवश्यकता पर्छ तर इन्जिन स्टार्ट गर्न र बन्द गर्ने समयमा मात्र । त्यो पनि २ देखि ३ मिनेट । जुन अटो अपरेटेड गरिएको छ । ‘रन बाइ वाटर’ नामको कार यसको पेन्टेड अन्तिम प्रक्रियामा छ । यस अघि डिजेल इन्जिनको पानीबाट चलाउने तथा माइलेज ४० प्रतिशतसम्म बढाउने दुई पन्टेट हासिल गरिसकेको छन् । पानीबाट चल्ने उनको कारबाट ५ बर्षदेखि अहिलेसम्म ५० हजार किमी यात्रा गरिसकेका छन् । अब उनी कुनै अटोमोबाइल कम्पनीबाट राम्रो अफरको पर्खाइमा छन् । ताकि आम जनताले पनि यस्तो कारको उपयोग गर्न सकोस् ।
मुलतः राकोट निवासी पुरुषोत्तमको परिवार खेतीपाती गर्थे । पेट्रोल र डिजेल महंगो हुने भएकोले अटोमोबाइलमा रुची हुने भएकोले वैकल्पिक इन्धनको आइडिया आएको हो । कारको ग्याँस मोडबाट चलाउनको लागि इन्जिनको क्रिटिकल पार्ट पिस्टन, सिलिन्डर, टाइमिङ आदिको मोडिफाई गर्नुपरेको थियो । यसको लागि १० बर्ष लागेको थियो । पानीको विघटनबाट पैदा हुुने हाइड्रोजनले प्रदुषण आधा हुन्छ । कुनै पनि सादा पानीबाट कर चलाउन सकिन्छ । अहिले उनी मिनरल वाटरको प्रयोग गरिरहेका छन् ।
के हुन्छ प्रक्रिया ?
पानीको ट्याङकबाट १२ भोल्टको ब्याट्री तामाको दुईतिर प्लस माइनसमा जोडिएको हुन्छ । पेट्रोलबाट एक पटक इन्जिन स्टार्ट भएपछि पानीबाट हाइड्रोजन ग्याँस बन्ने प्रक्रिया सुरु हुन्छ ।
हाइड्रोजनको २ र अक्सिजनको १ मलिक्युलको विघटनको प्रक्रियालाई इलेक्ट्रोलिसिस भनिन्छ । यँहाबाट बन्ने हाइड्रोजन अर्को ट्याङकमा स्टोर हुन्छ । त्यँहाबाट प्रेसर भएपछि कम्ब्युसन चेम्बरमा गएर उर्जा पैदा गर्छ । जसले सिलिन्डरको चलाउन्छ । हाइड्रोजन स्टोर नहुने भएकोले विस्फोटको खतरा पनि हुँदैन् ।





























प्रतिक्रिया