निर्मला हत्या प्रकरणमा बम दिदीबहिनी निर्दोष रहेको प्रहरी प्रवक्ता सुवेदीद्वारा स्पष्ट

निर्मला हत्या प्रकरणमा बम दिदीबहिनी निर्दोष रहेको प्रहरी प्रवक्ता सुवेदीद्वारा स्पष्ट

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

नेपाल प्रहरीका प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले निर्मला पन्त हत्या प्रकरण संगठनको लागि पनि प्रतिष्ठाको विषय भएकोले उच्च प्राथमिकताका साथ अनुसन्धान गरिरहेको स्पष्ट पारेका छन् ।

मंगलबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै सुवेदीले निर्मला हत्या प्रकरणमा आजको मितिसम्म संगठनलाई कुनै पनि राजनीतिक दबाब नआएको पनि स्पष्ट पारे । यो प्रकरणमा राजनीतिक दबाब आएको थियो भनेर खाली हल्लाको भरमा भन्न नहुने उनको धारणा छ ।
प्रहरीको ‘डिएनए–टेष्ट’मै आशंका भनेर बाहिर कुराहरु आएका छन् नि भनेर सोधिएको प्रश्नमा उनले भने, ‘मैले पनि मिडियामा पढेको छु, हाम्रो विशेषज्ञहरु र केही हामीले कन्सल्ट गर्दाखेरि उहाँहरुले त्यस्तो कुरा होइन भन्नुहुन्छ । यो टेक्निकल विषय भएकोले कुरा उठेको छ, यसमा नेपाल प्रहरी पनि एकदम सिरियश छ ।

डिएनए टेष्ट भनेको नेपालको लागि कमन–प्राक्टिस होइन । जुन कुरा कमन हुन्छ, त्यसमा धेरै कुरामा अगाडि बढिसकेको हुन्छ । कतिपय कुराहरु सिक्नु पनि पर्ने हुन्छ। टेक्नोलोजीको कुराहरु, कतिपयले त्यो मेशिन नै ठिक हो कि होईन भन्ने कुरा उठाईदिन्छन् । हामीले पनि सम्बन्धित् विशेषज्ञहरुको राय लिएका छौं । यो समयसम्म भन्नुपर्दाखेरि त्यस्तो ईक्युपमेन्टमा फल्ट, अथवा त्यसमा केमिकलमा फल्ट, तर अन्य हिसाबले प्रमाणित भएको अवस्था छ ।’

वक्ता सुवेदीले निर्मला हत्या प्रकरणमा नाम मुछिएका बम दिदीबहिनी निर्दोष रहेको पनि स्पष्ट पारे । उनले भने, ‘नेपालको प्रचलित कानून र संविधानले पनि कानुन बमोजिम प्रमाणित नहुेन्जेलसम्म उसलाई दोषी भन्न मिल्दैन ।
नागरिकबाट

Skip This
Skip This
Logo