डडेल्धुरा
डडेल्धुरा लगायत सुदुरपश्चिमका पहाडी जिल्लामा गएराती देखि हिमपात सुरु भएको छ । डडेल्धुरा सहित सुदुरपश्चिम प्रदेशका विभिन्न पहाडी जिल्लामा हिमपातका कारण अत्याधिक चिसो समेत बढेको छ ।
पहाडी जिल्ला बैतडी, बझाङ, डोटी, बाजुरा र दार्चुला लगायतका जिल्लाका उच्च लेकाली भेगमा हिमपात सुरु भएसँगै चिसो बढेको हो । गएरातीबाट पानी परेसँगै आज बिहानदेखी हिमपात सुरु भएको हो । डडेल्धुरा सदरमुकाममा आज बिहान ५ बजेदेखी हिमपात सुरु भएको छ । उच्च लेकाली भागमा राति नै हिमपात भएको हो ।
भिमदत्त राजमार्गको साहुखर्क, हगुल्टे, गैरा लगायतका क्षेत्रमा भारी हिमपातपछि सवारी साधन संचालनमा कठिनाई आएको छ । हिउँ जमेको र जाडो बढ्न थालेकाले घरबाहिरको काम गर्न समस्या हुन थालेको स्थानीयले बताएका छन्। एक्कासी बढेको चिसोका कारण विशेषगरी वृद्धवृद्धा, बालबालिका तथा गरिखाने वर्ग बढी प्रभावित भएका छन् ।
यता राजधानी काठमाडौं लगायत आसपासका भेगहरुमा गएराती देखि नै पानी परिरहेको छ । पानी परेसँगै चिसो वढेको छ । आज दिनभरि नै पानी पर्न सक्ने मौसम विभागले जनाएको छ ।
नागरिकबाट





























प्रतिक्रिया