केवल भगवान रामको मुद्रा चल्ने बैंक, जहाँ १ लाख बढीको खाता

केवल भगवान रामको मुद्रा चल्ने बैंक, जहाँ १ लाख बढीको खाता

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । भारतमा एउटा यस्तो बैंक छ । जहाँ सामान्य नोट प्रचलनमा छैन् । त्यहाँ भगवान रामको तस्बिर भएका नोटहरु मात्रै चल्छन् । भारतको प्रयागराजस्थित कुम्भ मेलामा भगवान रामको विशेष मुद्रा मात्र चल्दछ ।

कुम्भ मेलाको सेक्टर ६ मा सञ्चालित उक्त बैंकको नाम पनि भगवान रामकै नामबाट राखिएको छ । त्यहाँ एटीएम वा चेकबुक केही पनि चल्दैन । त्यहाँ भगवान रामको मुद्रा चल्दछ र ब्याजको रुपमा आत्मिक शान्ति मिल्दछ ।

उक्त बैंकमा आत्मिक शान्तिको खोजी गरिरहेका मानिसहरुले करिब एक शताब्दीदेखि पुस्तिकाहरुमा भगवान रामको नाम लेखेर जम्मा गराउँदछन् ।

२० औँ शताब्दीको सुरुवातमा उक्त बैंक स्थापना गरिएको थियो । अहिले उक्त बैंकमा विभिन्न उमेर तथा धर्मका एक लाखभन्दा धेरैले खाता खोलेका छन् । राम नाम सेवा संस्थान नामक परोपकारी संस्थाको मातहतमा उक्त बैंक चलिरहेको छ ।

Skip This
Skip This
Logo