देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र केन्द्रबिन्दुको युट्युब च्यानल मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । यसरी अपडेट भएका अनेकौ समाचारहरु मध्ये प्रमुख समाचारहरुलाई यहाँ प्रस्तुत गर्दैछौ । हाइलाइट गरिएको शिर्षकहरुमा क्लिक गरेर बिस्तृत समाचार पढ्न सक्नु हुन्छ ।
गच्छदारको गर्जन- ‘सक्छ भने वीपी कोइराला राजमार्गको नाम फेरेर केपी ओली राखोस्’
सोमबार बसेको प्रतिनिधि सभा बैठकमा सुरुमै काँग्रेस सांसद्हरुले उठेर विरोध गरे । विरोधपछि सभामुख कृष्णबहादुर महराले काँग्रेसका संसदीय दलका उपनेता विजय कुमार गच्छदारलाई बोल्न समय दिए।
बैबाहिक सम्बन्ध गाँस्दै रबि लामिछानेले भने- ‘हामी एकदम खुशी छौ’
सेलिब्रेटी पत्रकार रबि लामिछानेले बैबाहिक सम्बन्ध गाँसेका छन् । लामिछानेले चलचित्र बिकास बोर्डकी अध्यक्ष निकिता पौडेलसंग बैबाहिक सम्बन्ध गाँसेका हुन्।
कांग्रेसको अबरोधपछि संसद बैठक स्थगित
नेपाली काँग्रेसले प्रतिनिधि सभा बैठक अबरुद्ध गरेपछि बैठक स्थगित गरिएको छ । सोमबार बसेको प्रतिनिधि सभा बैठक सुरु भएलगत्तै प्रतिनिधि सभाका काँग्रेस सांसद्हरुले उठेर विरोध गरेका थिए ।
स्मार्ट लाइसेन्समा समस्यै समस्या
परीक्षा पास गरेको एक वर्षपछि भक्तपुरका समीर बरालको चालक अनुमतिपत्र आयो । त्यसमा नाम र फोटो दुबै नबुझिने रहेछ र उहाँ अनुमतिपत्र नलिई फर्किए । दुई पटकसम्म चालक अनुमतिपत्र लिन एकान्तकुना पुग्दा उनलाई चालक अनुमतिपत्र छापिन नै बाँकी रहेको त्यहाँ कार्यरत कर्मचारीले बताएका थिए । तेस्रो पटकमा पाएको चालक अनुमपितपत्र पनि अस्पष्ट भएपछि उनी निराश छन् ।
निर्मलाको घरमा पुगेर कांग्रेस प्रवक्ताले दिए मुलुक ठप्प पार्ने चेतावनी
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको घरमा पुगेका छन्। सोमबार बिहान भीमदत्त नगरपालिका–२ स्थित घर पुगेर प्रवक्ता शर्माले निर्मला पन्तका बलात्कारीलाई पत्ता लगाएर कारवाही नगरे कांग्रेसले मुलुक ठप्प पार्ने चेतावनी दिएका छन् ।
१० अंकले घटेको बजारमा तामाकोसीले सर्वाधिक गुमाए
कञ्चनपुर उद्योग बाणिज्य संघको अध्यक्षमा जंगबहादुर मल्ल निर्वाचित (नतिजासहित)
तामाकोशीको शेयर भ्यालु घटेको घट्यै
सामुदायिक लघुवित्तको कारोबार सुरु, सुरुवाती रेन्ज कति ?
श्रीस्वस्थानी व्रतकथा आजदेखि शुरु : शालिनदीमा एकमहिना मेला लाग्ने
राप्रपाले थाल्यो हिन्दु राष्ट्र पुर्नस्थापना जागरण घरदैलो अभियान
दुई किशोरीमाथि निर्घात कुटपिट र करणीको प्रयास
मेक्सिकोमा पाइप पड्केर मृत्यु हुनेको संख्या ८५ पुग्यो
रहेनन् कलाकार गणेश मुनाल
फूलचोकी जंगलमा हराएका ३ जना युवायुवतीको उद्धार
पहिलो चरणमा दुई स्थानमा आकाशे पुल निर्माण गरिने
केन्द्रीय कारागारमा १३ कैदीबन्दीको मृत्यु
नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा
‘द ब्रेकअप’ मा शिल्पा र आशिरमानको रोमान्स (हेर्नुहोस् ट्रेलर)
प्रियंकाले किन गरिन आयुष्मानसँग छुट्टिन सक्ने कुरा ? (भिडियोसहित)
निर्मला पन्तको हत्या कथा अब चलचित्रमा : नाम दिइयो कोपिला
फेरि ६ महिनापछि धकेलियो १३ औं साग प्रतियोगिता
एएफसी यू–२३ छनोटमा नेपालले पहिलो खेल ओमनसँग खेल्ने
यसका साथै केन्द्रबिन्दु डटकममा आज राजनीति, सामाजिक, स्वास्थ्य, शिक्षा, आर्थिक, प्रबिधि, कला, लाइफस्टाइल, खेलकुद, बिश्व बिबिध, बिचार लगायतका थुप्रै समाचारहरु प्रकाशन भएका छन् । सबै समाचार पढ्न यहाँ क्लिक गर्न सक्नु हुन्छ। त्यस्तै केन्द्रबिन्दुको युट्युब च्यानल मा पनि बिभिन्न समाचार र मनोरोजनात्मक सामग्रीहरु प्रकाशन भएका छन् ।































प्रतिक्रिया