‘सर्वसाधरणलाई समस्या नहोस्’ भन्दै डा. केसी आइसियूबाट साधारण वार्डमा सरे

‘सर्वसाधरणलाई समस्या नहोस्’ भन्दै डा. केसी आइसियूबाट साधारण वार्डमा सरे

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । विगत ३ दिनदेखि त्रिवि शिक्षण अस्पतालको आइसियूमा उपचारत डा. गोविन्द केसीलाई नर्मल वार्डमा सारिएको छ । केसी आफैले आइसियूबाट वार्डमा सार्न चिकित्सकहरुलाई अनुरोध गरेपछि उनलाई सारिएको हो ।

आफू लामो समय आइसियूमा बस्दा आईसियूमा उपचार गर्नुपर्ने सार्वसाधरणलाई समस्या हुने भन्दै केसीले आईसियूबाट वार्डमा सार्न आग्रह गरेका थिए ।

डाक्टर केसी विगत १२ दिनदेखि अनसन बस्दै आइरहेका छन् । उनले १५ औँ अनसनमा सरकारले ०७५ साउन १० गते गरेको सम्झौता ५ महिनासम्म पनि कार्यान्वनको छाँटकाँट नदेखाएको भन्दै १६ औँ अनसन थालेका थिए ।

अनसन बसेको ३ दिनदेखिनै डा. केसीको स्वास्थ्यमा समस्या देखिएको थियो । अनसन बसेको १० दिनमा उपचारको लागि इलामबाट काठमाडौँ ल्याइएको थियो । आफुसँग गरिएको सहमती अनुसार चिकित्सा शिक्षा विधेयक नल्याएको भन्दै केसीले सत्याग्रह थालेका हुन् ।

Logo