सुरक्षा माग्दै बम दिदीबहिनी काठमाडौंमा, सावित्री सुवेदीले दिईन आश्रय

सुरक्षा माग्दै बम दिदीबहिनी काठमाडौंमा, सावित्री सुवेदीले दिईन आश्रय

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । निर्मला पन्त हत्याकाण्डमा मुछिएका कञ्चनपुरका दिदीबहिनी बबिता र रोशनी बम सुरक्षा माग गर्दै काठमाडौं आएका छन् । आफूहरुलाई केही महिलाअधिकारकर्मीले निरन्तर धम्क्याएाके भन्दै सुरक्षाको माग गर्दै काठमाडौं आएका हुन् ।

निर्मलाकी साथी रोशनी र उनकी दिदिलाई हत्यामा संलग्न रहेको आरोप लाग्दै आएको छ । प्रहरीले भने घटना संलग्नता रहेको कुनै प्रमाण फेला पार्न सकेको छैन् । उनीहरुले पनि आफुहरुको कुनै संलग्नता नरहेको बताउँदैं आएका छन् । सरकारले गठन गरेको विभिन्न समितिले घटनामा उनीहरुको संलग्नता रहेको दावीसहितको प्रतिवेदन सरकारलाई बुझाएपछि बम दिदी–बहिनी थप संकटमा परेका हुन् ।

ति समितिहरुले स्थानीयको बयानको आधारमा उनीहरुलाई आरोपी भन्दै परिभाषित गरेका थिए । मानवअधिकार संस्थाका रिपोर्टमा उनीहरुलाई आरोपित बनाईएपछि सामाजिक सञ्जालमा उनीहरुमाथि तीव्र आक्रोस पोखिएको थियो ।

स्थलगत भनिएको मानवअधिकार संगठनको प्रतिवेदनमा दिदी बबितालाई ‘बारमा काम गर्ने’ भनेर हचुवा विवरण दिइएको छ । सोही प्रतिवेदनका आधारमा मिडियामा समाचार आएपछि सामाजिक सञ्जालमा उनीहरुको चर्को आलोचना भएको हो ।

कञ्चनपुरमा रहँदा ज्यानको सुरक्षा हुन नसकेको भन्दै राज्यसँग सुरक्षा माग्दै उनीहरु काठमाडौं आएका हुन् । महिला अधिकार क्षेत्रमा आवाज उठाउँदैं आएकी साबित्री सुबेदीको सक्रियतामा उनीहर काठमाडौं आएका हुन् ।

सावित्रीले नै उनीहरुलाई आश्रय दिएकी छन् । निर्मलाको निम्ति न्याय माग्ने आन्दोलनमै विभाजन आएपछि आफूहरु थप असुरक्षित भएको बम दिदीबहिनीको दाबी छ ।

साथी निर्मलाको हत्यापछि स्कूल जान छोडेकी रोशनी र उनकी दिदी बबिता हत्याकाण्डको ६ महिनापछि आमा इन्दिरादेवीसँगै काठमाडौं आएका हुन् । उनीहरुले मिना भण्डारी र शारदा चन्दबाट आफुहरुलाई असुरक्षा भएको दाबी गरेका छन् ।

Logo