हुम्ला
सरकारले मुलुकलाई तुइनमुक्त बनाउने घोषणा गरेको तीन वर्ष नाघिसक्यो । तर हुम्लावासीका हकमा भने उक्त घोषणा निरर्थकजस्तै बनेको छ । हुम्लामा मात्रै होइन, कर्णाली बग्ने सबैजसो जिल्लामा नदी वारपार गर्न तुइनको विकल्प छैन।
दैनिक कामकाज गर्ने सिलसिलामा नदी वारपार गर्न ज्यानको बाजी लगाएर तुइनमा नझुन्डिनहुने बाध्यता रहेको स्थानीय बताउँछन् । विभिन्न ठाउँमा स्थानीयले बनाएका काठेपुल कर्णालीले बगाएपछि तुइनबाट वारपार गर्नुपर्ने हुम्लावासीको समस्या चाँडै समाधान हुनेमा विश्वस्त गराउने कुनै योजना पनि अगाडि बढेको देखिन्न । कर्णालीको हिल्सादेखि कवाडीसम्म कम्तीमा तीन किलोमिटरको दूरीमा पुल हुनुपर्ने आवाज उठिरहे पनि त्यसको सम्बोधन हुने पर्खाइमा हुम्लावासी रहँदै आएका छन् ।
‘मान्छे ओहोरदोहोर गर्ने मात्र होइन, घाँस–दाउरा पनि तुइनबाटै तार्नुपर्छ,’ खार्पुनाथ गाउँपालिका–३ की महिला सदस्य धना शाही भन्छिन्, ‘खेतमा जाँदा होस् या गाउँपालिका कार्यालय, तुइन नभई सम्भव छैन ।’ चार–पाँच वर्षदेखि बर्सेनि मुस्याडी, बाक्चेगौडा र याङचु कुनामा पुल बनाउने भन्दै सर्भे हुँदै आए पनि अहिलेसम्म पुल बन्ने कुनै सुरसार नभएको उनी बताउँछिन् । पाँचवटा वडा भएको खार्पुनाथमा वडा २,३ र ४ का जनताले पालिका केन्द्रमा जान तुइनको सहारा लिनुपर्ने अवस्था रहेको बताउँछन्, वडा ३ का अध्यक्ष गुलाम रावल ।
खार्पुनाथ मात्र नभएर सर्केगाड गाउँपालिका–२ रिपगाउँका बासिन्दा पनि तुइनकै भरमा नदी वारपार गर्छन् । उनीहरू दैनिक रूपमा घाँसदाउराका भारी पनि तुइनबटै तार्छन् । पिठ्यूँमा भारी बोकेर खतरा मोल्दै तुइनबाटै ओहोदोहोर गर्दै आइरहेकोको बताउँछन्, रिपगाउँका स्थानीय वीरजित परियार । ‘तुइनमा भारी बोक्न डर मान्नेहरूको सरसामान ओसार्न पनि सहयोग गर्दै आएको छु्,’ उनी भन्छन्, ‘कर्णालीले काठेपुल बगाएपछि गाउँले सबैले तुइनकै भरमा दैनिकी चलाउनुपरेको छ ।’ कर्णालीको गिउसी भन्ने ठाउँमा पुल नभएको पनि होइन तर पुग्न तीन घन्टा लाग्ने भएकाले तुइन नै रोज्नुपरेको स्थानीय गोरे फडेरा बताउँछन् ।
नागरिकबाट





























प्रतिक्रिया