काठमाडौँ
कर्मचारी समायोजनाको गम्भीर असर यस वर्षको एसइइ परीक्षामा पर्ने देखिएको छ । सामायोजनका लागि आवेदन दिएका कर्मचारी अन्यत्र जाने भएपछि परीक्षामा समस्या पर्न थालेको हो ।
समायोजनको चर्चासँगै कर्मचारी अलमल पर्दा कति विद्यार्थीले कुन विषयमा परीक्षा दिने हो भन्ने विषयमा अहिलेसम्म कुनै तथ्यांक तयार हुनसकेको छैन । अधिकांश कर्मचारीले समायोजन फारम भरेर अन्यत्र सरुवा हुने सम्भावना देखेपछि राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षाको प्रकृया पूरा नभएसम्म परीक्षा नियन्त्रण कार्यालयका सबै कर्मचारीलाई यथावत राख्नुपर्ने आवाज उठाएको छ । यसका लागि शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई पत्र बुझाइएको बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले जानकारी दिनुभएको छ ।
‘एकातिर कर्मचारीको लफडा भइरहेको र अर्कोतिर एसईई परीक्षा सम्पन्न गर्न समस्या परिरहेको अवस्थामा मन्त्रालयले नै कर्मचारी व्यवस्थापन गर्नुपर्ने अवस्थामा त्यसतर्फ ध्यानाकर्षण गराउन पत्राचार गरेका हौँ’ –उहाँले भन्नुभयो ।
बोर्डले गत पुस २९ गते पठाएको पत्रमा खारेज भएको निकायमा कर्मचारी नखटाउन आग्रह गर्दै करिब साढे ४ लाख विद्यार्थी सहभागी हुने परीक्षा सञ्चालन गर्न गम्भीर समस्या पर्ने भएकाले पनिकामा कार्यरत कर्मचारीलाई तत्काल सरुवा नगर्न भनिएको छ ।
नेपाल समाचारपत्रबाट































प्रतिक्रिया