काठमाडौँ
पारदर्शी तथा प्रतिस्पर्धी प्रक्रियाबाट नेपालीलाई जापानमा रोजगारी दिलाउन दुवै देशका अधिकारी सहमत भएका छन् ।
जसका लागि दुवै देशका अधिकारी सम्मिलित संयन्त्र बनाउने सहमति भएको छ । नेपाल र जापानका सरकारी अधिकारीहरुको प्राविधिक समितिको वैठकले श्रमिक आपूर्तिका लागि नयाँ संयन्त्र बनाएर अघि बढ्ने सहमति भएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले बताए ।
नेपाली कामदार लैजाने विषयमा जापान सहमत छ । तर कसरी पठाउने भन्ने मोडालिटी टुंगिसकेको छैन । नेपालीहरु न्यून लागतमा पारदर्शी ढंगबाट जापान जानुपर्छ भन्नेमा कुनै असहमति छैन । त्यसका लागि संयन्त्र बनाउने सहमति भएको छ , उनले भने । दुई देशका प्राविधिक अधिकारीको आगामी छलफलले कामदार पठाउने करिव सबै विषय टुंग्याउने मन्त्री विष्टको विश्वास छ ।
नागरिकबाट































प्रतिक्रिया