इलाम
सत्याग्रहमा रहेका डा गोविन्द केसीको अवस्था जटिल भएपछि हेलिकप्टर मार्फत काठमाडौं ल्याइएको छ । उनलाई काठमाडौं ल्याउन राती नै सेनाको नाइटभिजन हेलिकोप्टर इलाम पठाइएको थियो ।
धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको विशेषज्ञ टोलीले डा.केसीलाई काठमाडौं लैजान सुझाव दिएको थियो । अनसनको नवौं दिनमा आइपुग्दा अवस्था जटिल बनेपछि विशेषज्ञको टोलीले डा.केसीलाई चाँडो भन्दा चाँडो काठमाडौं लैजान सुझाव दिएको हो ।
विशेषज्ञको सुझाव बमोजिम डा.केसीलाई विहिबार राती नै हेलिकप्टर मार्फत काठमाडौं पठाइएको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिम्सिनाले जानकारी दिए ।
डा.केसीका अभियन्ता समेत रहेका डा अभिषेक सिंहले केसीको मेडिकल रिपोर्ट आउने वित्तिकै उनलाई काठमाडौं लगिएको बताए । उनले डा.केसीको सत्याग्रह भने जारी रहने जानकारी दिए । काठमाडौं ल्याइएपछि केसीलाई शिक्षण अस्पतालको आइसियुुमा राखेर उपचार भइरहेको छ ।
उनलाई काठमाडौं ल्याउन पहल गर्न विहिबार पूर्वसभामुख दमननाथ ढुंगाना,माथेमा आयोगका संयोजक केदारभक्त माथेमा र पूर्वप्रधानन्यायाधिश सुशीला कार्की लगायतको टोली इलाम पुगेको थियो । उहाँहरुकै पहलमा केसीलाई काठमाडौं ल्याइएको हो ।































प्रतिक्रिया