राजदूत शेर्पा अष्ट्रेलिया फर्किइन्

राजदूत शेर्पा अष्ट्रेलिया फर्किइन्

केन्द्रबिन्दु
0
Shares

अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा अष्ट्रेलिया फर्किएकी छन्।

सोमबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग लामो छलफल गरेपछि उनी मंगलबार अस्ट्रेलिया फर्किएकी हुन् । उनी काममा फर्केकी हुन् वा अन्य कारणले फर्केका हुन् भन्ने स्पष्ट भएको छैन।

यसअघि सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजदूत शेर्पालाई राजीनामा गर्न सुझाव दिएको जानकारी गराएका थिए।

राजदूत शेर्पाले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गत सोमबार बालुवाटारमा भेटेकी थिइन्।भेटका क्रममा शेर्पालाई राजीनामा गर्न सुझाइएको थियो।

शेर्पामाथि उनकै चालक वाड्चु शेर्पाले पैसा लिएर आफूलाई अष्ट्रेलिया ल्याएको र मानव तस्करीमा लागेको आरोप लगाएपछि अचानक विवादमा तानिएकी थिइन् ।

Logo