अनसनरत डा. गोविन्द केसीलाई भेट्न नागरिक अगुवाहरु इलाम जाने भएका छन् । आफूसँग भएको सहमतिअनुसार चिकित्सा शिक्षा विधेयक पारित हुनुपर्ने लगायतका माग राखेर १६ औं पटक अनसनमा बसिरहेका डा. केसीलाइृ भेट्न पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, पूर्वसभामुख दमननाथ ढुंगाना र त्रिविका पूर्वउपकुलपति केदारभक्त माथेमा बिहीबार इलाम जान लागेका हुन् ।
उनीहरुले केसीको अनसनमा ऐक्यवद्धता जनाउने कार्यक्रम रहेको छ । केसीको स्वास्थ्य अवस्था, र उनको उपचारबारे जानकारी लिन जान लागिएको प्राध्यापक माथेमाले जानकारी दिए ।
सरकारसँग भएको सहमतिविपरित संसदको शिक्षा तथा स्वास्थ्य समितिले विधेयक पारित गरेपछि पुस २५ गते केसीले इलामस्थित सहरी विकास तथा भवन निर्माण विभागको डिभिजन कार्यालयमा १६ औं अनसन सुरू गरेका थिए। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अहिले जिल्ला अस्पताल इलाममा राखिएको छ।































प्रतिक्रिया