केसीलाई आइसियुमा राख्न विशेषज्ञको सुझाव

केसीलाई आइसियुमा राख्न विशेषज्ञको सुझाव

केन्द्रबिन्दु
0
Shares

इलाम

विगत आठ दिनदेखि सत्याग्रहमा रहेका डा. गोविन्द केसीलाई आइसियु ( इन्टेन्सिभ केयर युनिट ) मा राख्न विशेषज्ञ टोलीले सुझाव दिएको छ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आएको विशेषज्ञ टोलीले बुधबार अपराह्न इलाम अस्पतालमा डा. केसीको स्वास्थ्य परीक्षण गरेको थियो ।

उनको स्वास्थ्य अवस्था अत्यन्त जटिल देखिएकाले आइसियुमा राख्न टोलीले सुझाव दिएको हो । डा.केसीको शरीरमा अक्सिजनको मात्रा ८० प्रतिशतसम्म कम हुँदै गएको, श्वासप्रश्वासमा समस्या रहेको र मुटुको चाल ३५ देखि दुई सयसम्म पुगेको टोली प्रमुख तथा प्रतिष्ठानका सहनिर्देशक डा. विकास साहले जानकारी दिए । ‘डा.केसीको शरीरमा ग्लुकोजको मात्रा पटकपटक कम भएर ५० भन्दा तल पुगेको छ,’ उनले भने, ‘तर डा.केसीले ग्लुकोज लिन अस्वीकार गर्नुभएको छ ।’ डा. केसीलाई जुनसुकै बेला जे पनि हुनसक्ने भएकाले तत्काल आइसियु भएको सुविधासम्पन्न अस्पतालमा लैजानु आवश्यक देखिएको उनले बताए ।

चिकित्सकका अनुसार डा.केसीको मुटु, घाँटी, फोक्सो, पेट लगायतमा समस्या देखिएको छ । शरीरमा पानीको मात्रा कम भइ टाउको दुख्ने, हातखुट्टा बाउँडिने समस्या देखापरेको र अनशनका कारण हानिकारक रसायनहरू किटोएसिड र ल्याक्टिक एसिड बढेको विशेषज्ञ टोलीको रिपोर्टमा उल्लेख छ । ‘शरीरमा प्रोटिन घटेर ३.३ ग्राम प्रतिडिएल पुगेका कारण खुट्टा सुन्निन थालेको छ । संक्रमणबाट बचाउने सेतो रक्तकोशिका निकै कम हुँदै गएको छ,’ रिपोर्टमा उल्लेख छ, ‘शरीरमा पानीको मात्रा कम हुँदा मृगौलाले काम गर्न छाडेको छ ।’
नागरिकबाट

Skip This
Skip This
Logo