विधान परिमार्जन गर्दै नेकपा कार्यदल

विधान परिमार्जन गर्दै नेकपा कार्यदल

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

एकीकरणको बाँकी काम सक्ने कार्यादेश पाएको नेकपाको ९ सदस्यीय कार्यदलमा पार्टी विधानसमेत परिमार्जन गर्ने सहमति भएको छ । विधानको प्रस्तावनामा पार्टीको रणनीतिक लक्ष्य साम्यवाद लेख्ने सहमति भएको हो ।

यसअघि अधिकतम कार्यक्रम वैज्ञानिक समाजवाद लेखिएकोमा अब वैज्ञानिक समाजवाद हुँदै साम्यवाद लेख्ने सहमति भएको हो । स्थायी समितिको अघिल्लो बैठकमा प्रस्तावनाबाट साम्यवाद हटाइएको भन्दै विरोध भएपछि कार्यदललाई स्थायी समितिले विधानको कतिपय त्रुटि सच्याउने कार्यादेश दिएको थियो ।
यस्तै नवौँ प्रदेशका रूपमा काठमाडौंभित्र विशेष प्रदेश कमिटी बनाउने सहमति पनि भएको छ । युवा–विद्यार्थी, मजदुर, पेसागत र उद्यमी–व्यवसायी जिल्ला कमिटीलाई हेर्ने गरी काठमाडौंभित्र छुट्टै विशेष प्रदेश कमिटीको व्यवस्था विधानमा थप्ने कार्यदलमा सहमति भएको हो ।

विशेष प्रदेश कमिटीको ५० भन्दा बढी सदस्य को बनाउनेबारे छलफल भए पनि संख्यामा सहमति जुट्न बाँकी रहेको कार्यदलका एक नेताले बताए । नेकपाभित्र भूगोल हेर्ने सात प्रदेश संगठन कमिटी, एक प्रदेश सम्पर्क समन्वय कमिटी छन् । कार्यदलले प्रत्येक दुई महिनामा एकपटक स्थायी समिति बैठक बस्ने गरी विधान परिमार्जन गर्ने सहमतिसमेत जुटाएको छ ।

कार्यदललाई पुस मसान्तभित्रै संगठनात्मक एकीकरणको बाँकी काम र केन्द्रीय सदस्यको कार्यविभाजनको खाका तयार हुने गरी सकभर २५ पुसभित्रै काम सम्पन्न गर्न अध्यक्ष ओली र प्रचण्डले निर्देशन दिएका थिए । तर मत बाझिएपछि एकीकरणको बाँकी काम र कार्यविभाजनको मापदण्डकै विषयमा कार्यदलमा थप छलफल अघि बढेको छैन ।
नयाँ पत्रिकाबाट

Skip This
Skip This
Logo