उपत्यकाबाट तीन सातामा १६१ जनाको उद्धार : असहायको उद्धारमा प्रहरी

उपत्यकाबाट तीन सातामा १६१ जनाको उद्धार : असहायको उद्धारमा प्रहरी

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

प्रहरीको प्रमुख काम शान्ति सुरक्षा गर्नु हो । शान्ति सुरक्षासँगै प्रहरी मानव सेवामा पनि जुटेको छ । काठमाडौं उपत्यकाभित्र मन्दिर, पाटी र सडकमै रात विताउदै आएका असहायलाई जाडोबाट बचाउन प्रहरीले उद्धार गरेर आश्रमसम्म पु¥याउने कामलाई तीव्रता दिएको छ ।

सडकमा वेवारिसे अवस्थामा बस्ने नागरिकको जीवन रक्षा गर्न प्रहरीले उपत्यकाभित्र अभियानकै रुपमा बृद्धबृद्धा र बालबालिकाको उद्धार गरेर आश्रमसम्म पु¥याउदै आएको छ । राजधानीमा रहेका मानव सेवा आश्रमसँगको समन्वय गरेर प्रहरीले रातको समयमा सडकमा रहेका वेवारिसे र असहायलाई उद्धार गर्ने कार्यलाई तीन सातादेखि निरन्तरता दिएको छ ।

महानगरी प्रहरी कार्यालयले सञ्चालन गरेको अभियान अन्तर्गत काठमाडौमा १ सय १७, भक्तपुरमा ३४ र ललितपुरमा ७ जना असहायको उद्धार गरिएको छ । प्रहरीले दुई महिनाको बालिकादेखि ९० बर्षको बृद्धाबृद्धासम्मलाई उद्धार गरेको छ ।

उद्धार गरिएकालाई सधैको लागि बस्न पाउने गरी आश्रमले लिने गरेको बताउदै डिआईजी थापाले उद्धार गरिएका असहायको जीवन रक्षासँग बसोबासको दिगो व्यवस्थापन समेत भएको बताउनुभयो ।
नेपाल समाचारपत्रबाट

Logo