सप्तरीमा प्रहरी हवल्दारमाथि गोली प्रहार

सप्तरीमा प्रहरी हवल्दारमाथि गोली प्रहार

केन्द्रबिन्दु
0
Shares

राजविराज

सप्तरीमा बुधबार राति प्रहरी हवल्दार महेन्द्र चतरी यादवमाथि अज्ञात समूहले गोली प्रहार गरेको छ ।

मोटरसाइकलमा आएको समूहले प्रहार गरेको गोलीले गम्भीर घाइते भएका प्रहरी हवल्दार यादवलाई उपचारका लागि तत्कालै विराटनगरस्थित न्युरो अस्पताल पठाइएको सप्तरी प्रहरीले जनाएको छ ।

कम्मरभन्दा माथि गोली लागेर ढलेका प्रहरी चौकी विसनपुरका प्रहरी हवल्दार यादवको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ । खडक नगरपालिका अन्तर्गत बोदे बर्साइन जाने बाटोमा ड्युटीमा खटिएका हवल्दारमाथि अज्ञात समूहले राति ८ः१५ बजे गोली प्रहार गरी फरार भएको प्रहरी उपरीक्षक राजेन्द्र विष्टले बताए ।

मोटरसाइकलमा आएका समूहले गोली प्रहार गरी बोदे बर्साइनतर्फ फरार भएको बताइएको छ । घटनास्थलमा सशस्त्र समूह प्रगतीशिल तराई मुक्ति मोर्चाको पर्चा भेटिएको छ । अपराधीको खोजीकार्यका लागि व्यापक प्रहरी परिचालन गरिएको छ ।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo