काठमाडौं । ‘विपद्बाट सुरक्षित हुने नागरिक अधिकार पूरा गर्न संघ, प्रदेश र स्थानीय सरकार’ प्रतिवद्ध रहेको सन्देश दिँदै २१ औं ‘भूकम्प सुरक्षा दिवस’ मनाइएको छ । विक्रम संवत १९९० सालमा गएको विनाशकारी भूकम्पको स्मृतिमा भूकम्प सुरक्षा दिवस काठमाडौंलगायतका देशभर विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाउने गरिएको हो ।
यसै अवसर पारेर बुधबार बिहान काठमाडौंको भूगोल पार्कस्थित ‘भूकम्प स्मारक’ मा एक कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा बोल्दै गृहमन्त्री रामबहादुर थापाले नेपालमा पटक–पटक भूकम्प गई ठूलो धनजनको क्षति भएकाले अव त्यस्ता धनजनको क्षति हुन नदिन सबै नागरिकलाई सचेत गराउन भूकम्प सुरक्षा दिवस मनाउने गरिएको स्मरण गराए ।
कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले भूकम्पबाट धनजनको क्षति नहुने गरी भवनहरुको निर्माण गर्न सन्देश दिने उद्देश्यका साथ भूकम्प सुरक्षा दिवस मनाइएको स्पष्ट पारे ।
कार्यक्रममा गृहमन्त्री थापाले ‘विपद् सम्पर्क पुस्तिका’ पनि विमोचन गरेका थिए । विक्रम संवत १९९० सालमा गएको विनाशकारी भूकम्पले ८ हजार ६ सय नागरिकको ज्यान लिएको थियो भने २५ हजारभन्दा बढि नागरिकका घरहरु भत्केका थिए । सोही दिनको स्मरण गर्दै सरकारले २१ वर्ष अघिबाट भूकम्प सुरक्षा दिवस मनाउन सूरु गरेको हो ।





























प्रतिक्रिया