काठमाडौँ उपत्यकाको प्रहरी प्रमुखमा एआईजी तामाङ

काठमाडौँ उपत्यकाको प्रहरी प्रमुखमा एआईजी तामाङ

केन्द्रबिन्दु
327
Shares

काठमाडौँ । काठमाडौँ, ललितपुर र भक्तपुर गरी तीन जिल्लाको कमाण्ड हेर्नेगरी काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा एआईजी टेकबहादुर तामाङको सरुवा भएको छ ।

मंगलबारको मन्त्रिपरिषद् बैठकले उनलाई रानिपोखरीमा सरुवा गर्ने निर्णय गरेको गृहमन्त्री रमेश लेखकको सचिवालयले जनाएको छ । तामाङ प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागमा कार्यरत थिए ।

रानिपाखेरीमा कार्यरत रहेकी एआईजी किरण बज्राचार्य ५६ वर्षे उमेरहदका कारण अनिवार्य अवकाशमा गएपछि तामाङलाई उक्त ठाउँमा सरुवा गरिएको हो ।

Logo