काठमाडौं
अपराधमा संलग्न विदेशी नागरिक फरार हुँदा अर्बौं जरिवाना असुल बाँकी छ । अदालतबाट अन्तिम फैसला भइसकेको छ । तर ठूलो मात्रामा बिगो असुल्नुपर्ने विदेशी अपराधी विदेशतिरै निर्धक्क बसिरहेका छन् ।
जिल्ला अदालतको तहसिलको ढड्डामा अपराधबापत विदेशी नागरिकबाट असुल्नुपर्ने बिगो र जरिवानाको रकम चार अर्ब रुपैयाँभन्दा बढी छ । तीन सय वर्षभन्दा बढी कैद ठेक्न बाँकी छ ।
सबैभन्दा बढी मुद्दा दायर हुने काठमाडौं जिल्ला अदालतको तहसिल अभिलेखमा विदेशीबाट असुल्नुपर्ने २०१९ साल यताको दण्ड र जरिवानाको लामो चाङ छ । कर्तव्यज्यान, लागुऔषध, अवैध मुद्रा निकासी, जाली राहदानी, भ्रष्टाचार, डकैती, मूर्ति चोरी, बलात्कार, मानव ओसारपसार, हातहतियार खरखजाना, खोटा चलन, विदेशी विनिमय, वैदेशिक रोजगार, अवैध कारोबारलगायत मुद्दा छन् । त्यसमा तीन सय ८३ जना विदेशी नागरिकलाई कैद ठेकिएको छ ।
यी मध्ये अधिकांश मुद्दा चल्दाचल्दै फरार भइसकेका छन् । सर्वोच्च अदालतबाट अन्तिम रूपमा अपराध ठहर भए पनि जिल्लाको फैसला पुनरावेदनबाट उल्टिएलगत्तै ठूलो परिमाणमा जरिवाना र कैद असुल्न बाँकी अपराधी बाटो लागिसकेका छन् ।
अन्नपूर्णबाट





























प्रतिक्रिया