काठमाडौं
उच्च स्तरीय शिक्षा आयोगले तयार पारेको प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरेको छ । आयोग गठन भएको ५ महिना ७ दिनमा आयोगका अध्यक्ष एवं शिक्षा , विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले प्रधानमन्त्री निवासमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीलाई करिब ४ सय ७६ पृष्ठ लामो प्रतिवेदन हस्तान्तरण गरिएको छ । प्रतिवेदनमा भएका सबै विषय केही दिनका लागि गोप्य राखिने भएको छ ।
उक्त कार्यक्रममा मन्त्री पोखरेलले वाचन गर्नुभएको धारणा मात्र सार्वजनिक गरिएको थियो । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले सो प्रतिवेदन आफुले अध्ययन गरेपछि मात्रै सार्वजनिक गर्न आग्रह गर्नुभएपछि मन्त्रालयले तयार गरेको संक्षिप्त प्रतिवेदन समेत सार्वजनिक गरिएको थिएन । मंगलबार सार्वजनिक गरिएको सो प्रतिवेदन मन्त्री परिषदले पारित गरेपछि मन्त्रालयले संघीय शिक्षा ऐन बनाउने भएको छ ।
यो सिफारिस मात्रै हो, यही प्रतिवेदनको आधारमा सरकारले निति र ऐन बनाउने छ–कार्यक्रममा प्रधानमन्त्री ओलीले भन्नुभयो ।
नेपाल समाचारपत्रबाट































प्रतिक्रिया