काम नगर्ने १३ निर्माण कम्पनी कालोसूचीमा

काम नगर्ने १३ निर्माण कम्पनी कालोसूचीमा

केन्द्रबिन्दु
78
Shares

काठमाडौं । सम्झौताअनुसार काम नगर्ने विभिन्न १३ वटा निर्माण कम्पनी कालोसूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायबाट सिफारिस भएर आएअनुसार ती निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको हो ।

बिहीबार कार्यालयले सार्वजनिक गरेको सूचनाअनुसार अधिकतम ३ वर्षसम्म कालोसूचीमा परेका त्यस्ता कम्पनीले तोकिएको अवधिमा कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।

कालोसूचीमा परेका कम्पनीहरूमा विराटनगर–१६ को एसएएस कन्स्ट्रक्सन प्रालि, चीनको एमएस इन्स्पर सफ्वेयर ग्रुप कम्पनी लिमिटेट, काठमाडौँको मृत सन्जिवनी – ग्याल्वा जेभी, डेटौंडाको मृत सन्जिवनी कन्स्ट्रक्सन प्रालि, गोरखा नगरपालिका – ०६ को लक्ष्मी कन्स्ट्रक्सन, सुष्मी कन्स्ट्रक्सन प्रालि, रविन कन्स्ट्रक्सन र थोत्रा सप्लायर्स–मानेकोर कन्स्ट्रक्सनलगायत छन् ।

Logo