पहिलो महिला ट्याक्सी ड्राइभर भन्छिन् -“मलाई दुई पटक लुटीसके ” ( भिडियो सहित )

पहिलो महिला ट्याक्सी ड्राइभर भन्छिन् -“मलाई दुई पटक लुटीसके ” ( भिडियो सहित )

केन्द्रबिन्दु
0
Shares

पछिल्ला दिनहरुमा महिलाहरु चुलोचौकाको काममा मात्र सिमित छैनन् । उनीहरु बाहिरका निकै चुनौतीपूर्ण कामहरुमा पनि उत्तिकै सक्रिय छन् । हुन त देशको राष्ट्रपति जस्तो पदमा त अहिले महिला नै छन् भने अन्य पद , पेशा र व्यवसायमा त नहुने कुरै भएन ।

यसपटक केन्द्रविन्दु टेलिभिजनको सम्पर्कमा यस्तै २ जना महिलाहरु आउनुभएको छ । उहाँहरुको पेशा ड्राइभिङ् नै हो । उहाँहरु दुवैजना ट्याक्सी चलाउनु हुन्छ । उहाँहरु हुनुहुन्छ, काभ्रेकी ईश्वरी थापा र दोलखाकी कान्छी थापा । काभ्रेकी ईश्वरी थापा नेपालकै पहिलो महिला ट्याक्सी चालक हुनुहुन्छ ।

राजधानीका सडकहरुमा उहाँहरु दैनिक रुपमा ट्याक्सी दौडाइरहनु हुन्छ । पुरानो काम छोडेर यो पेशा अंगाल्नु भएका उहाँहरु महिला चालकहरुले सबैको हेपाई खानु परेको बताउनु हुन्छ । ट्याक्सी चलाउनेक्रममा उहाँहरुले के कस्ता दुःख, झन्झट भोग्नु भएको छ त ? हेरौं यो भिडियोमा :

Logo