देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र केन्द्रबिन्दुको युट्युब च्यानल मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । यसरी अपडेट भएका अनेकौ समाचारहरु मध्ये प्रमुख समाचारहरुलाई यहाँ प्रस्तुत गर्दैछौ । हाइलाइट गरिएको शिर्षकहरुमा क्लिक गरेर बिस्तृत समाचार पढ्न सक्नु हुन्छ ।
अनसनरत डा. गोविन्द केसीलाई अस्पतालमा सारियो
अनसनरत प्राध्यापक डाक्टर गोविन्द केसीलाई अस्पतालमा सारिएको छ । ६ दिनदेखि इलामका धर्म गौतमको घरमा अनसन बरिरहेका केसीको मुटुको चाल अनियन्त्रित भएपछि जिल्ला अस्पतालमा सारिएको डाक्टर रामकृष्ण आचार्यले जानकारी दिए । केसीलाई अस्पतालको बहिरंग विभागमा राखिएको छ ।
लगातार तेस्रो जित हात पार्दै नेपाल सेमिफाइनलमा प्रवेश
थाइल्याण्ड जारी महिला टी-२० स्मास क्रिकेटमा नेपालले लगातार तेश्रो जित हात पारेको छ । सोमबार भएको खेलमा युएइलाई ६ विकेटले हराउँदैं लगातार तेस्रो जित दर्ता गराएको हो । यो संगै नेपाल महिला टी–२० स्म्यासको सेमिफाइनलमा प्रवेश गरेको छ ।
कर्मचारीको व्यंग्य: मन्त्रीको कुटाईबाट जोगिन अफिसमै हेलमेट ! (भिडियोसहित)
आईतबार एउटा खबर एकाएक भाईरल बन्यो । त्यो भाइरल भएको खबर अरु केही नभएर एक मन्त्रीले सचिवलाई कुटेपछिको भिडियो थियो । प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले सचिव विद्यानाथ झालाई कार्यकक्षमै बोलाएर कुटेका थिए । कुटाइ खाएपछि सचिव झाले यसरी प्रतिक्रिया दिएका थिए ।
सावित्री सुबेदीको आक्रोश, ‘बलात्कारी मानसिकता भएकाले मलाई झुठो आरोप लगाए’
जयनारीबाट चर्चामा आएकी सावित्री सुबेदीले आफ्नो चरित्र हत्या गर्न खोजिएको आरोप लगाएकी छन् । सामाजिक सञ्जालमा उनको नक्कली फेसबुक आइडी बनाएर आफ्नो चरित्र हत्या गर्न खोजिएको आरोप लगाएकी हुन् । बलात्कार र महिला हिंसाका विरुद्ध पटकपटक आवाज बुलन्द गर्दै आएकी सावित्रीले केही बलात्कारी मानसिकता भएका मानिसहरुले आफूलाई झुठो र कपोलकल्पित आरोप लगाएको भन्दैँ फेसबुक स्टाटसमार्फत आक्रोश पोखेकी छिन् ।
सचिव कुट्ने मन्त्रीलाई तत्काल बर्खास्त गर्न कर्मचारीको माग
प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवलाई तत्काल बर्खास्त गर्न कर्मचारीहरुले माग गरेका छन् । मन्त्री यादवले आईतबार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानन्द झामाथि कुटपिट गरेका थिए ।
फेरि अर्को कुटपिट काण्ड, गोरखामा प्रधानाध्यापक नै कुटिए
जग्गाको विषयमा विवाद हुँदा एक प्रधानाध्यापक कुटिएका छन् । भीमसेन थापा गाउँपालिका–१ मसेलस्थित विन्द्रावती माविका प्रधानाध्यापक उत्तरनारायण श्रेष्ठमाथि कुटपिट गरिएको हो । जग्गाको विवादलाई लिएर बिद्यालय व्यवस्थापन समितिका सदस्य शिवकुमार श्रेष्ठले बिद्यालय परिसरमै उनीमाथि हातपात गरेका हुन् ।
नेपालको पहिलो भूउपग्रहको सफल ‘हार्डवेयर’ परीक्षण, बैशाखमा प्रक्षेपण गर्ने लक्ष्य
पहिलो नेपाली भूउपग्रह ‘नेपाल स्याट–वान’ को ‘हार्डवेयर’ परीक्षण सफल भएको छ । जापानस्थित क्युशु इन्स्टिच्युट अफ टेक्नोलोजी (क्युटेक) को प्रयोगशालामा चन्द्र सूर्य अंकित ‘नेपाल स्याट–वान’ को ‘भाइब्रेसन’ र ‘भ्याकुम’ परीक्षण सफल भएको हो।
देउवा भन्छन्, ‘वाइडबडी प्रकरणमा मेरो हैन, ओली र प्रचण्डको संलग्नता छ’
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वाइडबडी खरिद प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको प्रष्ट पारेका छन् । वाइडबडी खरिद प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको प्रष्ट पार्दै पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले विमान घोटला प्रकरणमा सत्तारुढ नेकपा अध्यक्षद्धयको संलग्नता रहेको बताए ।
जो क्यान्सरपिडितका लागि लड्दा लड्दै आफै थलिए (भिडियोसहित)
मन्त्रीबाट कुटाई खाने सचिव अस्पताल भर्ना, मुख्यमन्त्रीले आकस्मिक बैठक गरे
किताबखानामा अद्यावधिक नभएकाले फाराम भर्न पाउने
दिनभरिको काम छाडेर पानीको जोहो
‘पिरतीको गाँउ’ मा अमृत र करुणाको रोमान्टिक मूड
मानवरहित विमान कारबाहीमा आठको मृत्यु
शेयर बजार दोहोरो अङ्कले बढ्दा कुन कुन कम्पनीले बढी कमाए ?
जब अप्रेशन थिएटरमै डाक्टरले नर्सलाई किस गरे
कोकमा रक्सी मिसाएर खान दिएपछि बलात्कार : एकजना पक्राउ
महिला बारेमा आपत्तिजनक अभिव्यक्ति दिँने दुई भारतीय क्रिकेटर कारवाहीमा
चीनको कोइलाखानीमा दुर्घटना, २१ जनाको मृत्यु : ६६ जनाको सकुशल उद्धार
हुण्डी कारोबारमा संलग्न तीन जना ६९ लाख नगद सहित पक्राउ
यसका साथै केन्द्रबिन्दु डटकममा आज राजनीति, सामाजिक, स्वास्थ्य, शिक्षा, आर्थिक, प्रबिधि, कला, लाइफस्टाइल, खेलकुद, बिश्व बिबिध, बिचार लगायतका थुप्रै समाचारहरु प्रकाशन भएका छन् । सबै समाचार पढ्न यहाँ क्लिक गर्न सक्नु हुन्छ। त्यस्तै केन्द्रबिन्दुको युट्युब च्यानल मा पनि बिभिन्न समाचार र मनोरोजनात्मक सामग्रीहरु प्रकाशन भएका छन् ।





























प्रतिक्रिया