एजेन्सी । यतिबेला दिवस पनि विभिन्न खालका । नेपालमा सामान्यतया चलचल्तीकै दिवसहरु मनाईन्छ । तर विदेशमा भने अनौठो प्रकारका दिवस पनि मनाईन्छ । जुनको बारेमा चर्चा गर्दा एकछिन हासेर मुर्छा परिन्छ । यस्तो चिसो मौसम छ ।

शरिरका कुनै पनि अंग नदेखिनेगरी कपडा लगाईन्छ । तर विदेशमा पाइन्ट नलगाउने दिवस मनाईएको छ । आइतबार लण्डन, बर्लिन र प्रागका विभिन्न स्थानमा ‘नो ट्राउजर अन द ट्युब राइड’ दिवस मनाइएको हो ।

यो दिवस सन् २००२ मा न्यूयोर्कबाट सुरु भएको ‘नो पाइन्ट सबवे राइड’ को हिस्सा हो । यतिबेला यो कार्यक्रम ६० बढि देशमा फैलिएको छ ।

लण्डनमा ट्राफल्गर स्क्वायरस्थित नेशनल ग्यालरीबाहिर पाइन्ट नलगाएका थुप्रै मानिसहरु जम्मा भएर विभिन्न रेलको छुट्टै ट्युब लाइनमा यात्रा गरे ।

पिकाडिली लाइनमा सय बढी मानिसको उपस्थिति थियो । अत्यधिक भीड भएकाले मानिसहरुलाई पाइन्ट फुकाल्नसमेत हम्मेहम्मे पर्यो ।































प्रतिक्रिया