वाइड बडी विमान खरीद अनियमितता प्रकरणमा वर्तमान सरकार दोषी छैन : कानूनमन्त्री

वाइड बडी विमान खरीद अनियमितता प्रकरणमा वर्तमान सरकार दोषी छैन : कानूनमन्त्री

केन्द्रबिन्दु
0
Shares

उर्लाबारी

कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले नेपाल वायु सेवा निगमको वाइड बडी विमान खरीद अनियमितता प्रकरणमा वर्तमान सरकार दोषी नरहेको बताउनु भएको छ ।

मोरङ बेलबारी नगरपालिका–९ कार्यालयले शनिबार आयोजना गरेको ‘जनतासँग मन्त्री भेटघाट कार्यक्रम’ मा उहाँले भन्नुभयो, “काङ्ग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको समयमा वाइड बडी विमान खरीद गर्ने निर्णय भएको थियो ।”

मन्त्री ढकालले तत्कालिन प्रधानमन्त्री देउवा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समेत कार्यभार सम्हालेको समयमा नै वाइड बडी विमान खरीद गर्ने निर्णय भएको र त्यसपछि दुई जना पर्यटनमन्त्री फेरि सकिएकाले यो सरकार दोषी नरहेको धारणा व्यक्त गर्नुभयो ।

डा गोविन्द केसीले संविधानभन्दा माथि गएर माग राखेको पनि उहाँले बताउनुभयो । यसैबीच मन्त्री ढकालले प्रदेश नं १, पथरीशनिश्चरे नगरपालिका–१० मा निर्माण गर्न लागिएको आदिवासी जनजाति सङ्ग्रहालयको विषयमा अनावश्यक टीका टिप्पणी नगर्न सबैमा आग्रह गर्नुभयो ।

आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत पथरी शनिश्चरेमा आयोजित कार्यक्रममा उहाँले हालसम्म १५६ वटा कानून बनाएर विधिको शासनको जग बसालेको बताउँदै वैशाखसम्ममा भूमिसम्बन्धी कानून बनाइसक्ने जानकारी दिनुभयो ।
रासस

Skip This
Skip This
Logo