काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको परिवारमा विवाद सुरु भएको छ । उनीहरुको परिवारमा देखिएको विवाद सतहमा आएको हो । निर्मलाकी आमा दुर्गादेवीलाई बाबु यज्ञराजले हातपात गरेका छन् ।
निर्मलाको डिएनए भेरिफाई गर्न भन्दै दुर्गादेवीले बुधबार रगत दिएकी थिईन् । रगत दिएपछि यज्ञराजले उनीमाथि हातपात गर्नुका साथै दुव्यर्वहार समेत गरेका हुन् ।
बिहीबार बिहानै घरमा आएर यज्ञराजले दुर्गादेवीमाथि हातपात गरेका हुन् । हो हल्लापछि स्थानीयले उनीहरुलाई छुट्याएका थिए । कान्छी श्रीमती लक्ष्मीसँगै पुगेका यज्ञराजले किन रगत दिएको र रातह रकम किन बुझ्न लागेको भन्दै दुर्गादेवीलाई हातपात गर्नुका साथै लागीजलौज समेत गरेका हुन् ।































प्रतिक्रिया