केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । "/>

रामबहादुर बम्जनको अनुसन्धानदेखि यज्ञराजको हर्कतसम्म

रामबहादुर बम्जनको अनुसन्धानदेखि यज्ञराजको हर्कतसम्म

केन्द्रबिन्दु
0
Shares

देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । यसरी अपडेट भएका अनेकौ समाचारहरु मध्ये प्रमुख समाचारहरुलाई यहाँ प्रस्तुत गर्दैछौ । हाइलाइट गरिएको शिर्षकहरुमा क्लिक गरेर बिस्तृत समाचार पढ्न सक्नु हुन्छ ।

रामबहादुर बम्जनको आश्रमबाट २ जना पक्राउ

आफुलाई लिटिल बुद्द दाबी गर्ने रामबहादुर बम्जनको सिन्धुलीस्थित आश्रमबाट २ जना अनुयायीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा आश्रमका महात्मा गुरु भनिने सर्लाहीका गोपाल योञ्जन र मकवानपुरका इन्द्रबहादुर स्याङतान रहेका छन्।

निर्मलाका बाबु यज्ञराज किन मान्दैनन् रगत दिन ?

अनुसन्धानलाई सघाउन भन्दैं निर्मला पन्तकी आमाले रगत दिएपछि परिवारमा आन्तरिक विवाद सुरु भएको छ । निर्मलाकी आमा दुर्गादेवीले बुधबार रगत दिएपछि बाबु यज्ञराजले ‘किन रगत दिएको ?’ भन्दै हातपात गर्दै दुर्ब्यबहार गरेका छन् । यज्ञराजले बिहीबार बिहानै भीमदत्त नगरपालिका २ उल्टाखाम (महुलिया) स्थित घरमा आएर दुर्गादेवीलाई किन रगत दिएको भन्दै हातपात गर्दै दुर्ब्यबहार गरेका हुन् । उनले राहत रकम पनि बुझ्न लागेको र अनुसन्धानलाई सघाउ पुग्ने हिसाबले रगत दिएको भन्दै गालीगलौज गर्नुका साथै हातपात समेत गरेका हुन् ।

प्राधिकरणको नयाँ व्यवस्था, सात दिनभित्रै नयाँ मिटर

तपाइँले नयाँ आवास तथा घरका लागि नेपाल विद्युत् प्राधिकरणसँग नयाँ मिटरको लागि आवेदन दिनुभएको छ भने अब तपाईंले लामो समय कुर्नुपर्ने छैन । प्राधिकरणले आफ्ना ग्राहकलाई सहजरूपमा सेवा दिने लक्ष्यका साथ प्रक्रिया पुगेकालाई सात दिनभित्र नयाँ मिटर दिने व्यवस्था गर्न मातहतका सबै कार्यालयलाई निर्देशन दिएको छ ।

कुन्छाल-कुलेखानी सडक बिस्तार हुने

मकवानपुरको थाहा नगरपालिकास्थित कुन्छाल-कुलेखानी सडक बिस्तार गरिने भएको छ। कुलेखानी परियोजनाका लागि २०३२ सालमा बनाइएको यो सडक ४३ बर्षपछि विस्तार गरिन लागेको हो । बाटो विस्तार गरी ३० मिटरको बनाउने प्रारम्भिक योजना भएता पनि तत्कालका लागि ७ मिटर पिच सडक निर्माण गर्ने लक्ष्य अनुरुप योजना तय भएको वडा नम्वर ६ का वडाध्यक्ष शशिधर सुवेदीले जानकारी दिए । वडाध्यक्ष सुवेदीले बीचमा ७ मिटरको पिच सडक बनाउने र दायाँ बाया एक एक मिटरको नाली बनाउने योजना बनिरहेको बताए । उनले भने, –“तत्काललाई ७ मिटरको पिच सडक बनाउने लक्ष्य छ त्यसमा दुबैतिर नाली हुनेछन् ।”

नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच नयाँ दिल्लीमा भेटवार्ता

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उनका भारतीय समकक्षी सुष्मा स्वराजबीच भेटवार्ता भएको छ । बिहीबार नयाँ दिल्लीमा भएको भेटवार्तामा उनीहरुबीच नेपाल भारतको सम्बन्धको विभिन्न विषयमा छलफल भएको थियो । साथै द्वीपक्षीय सहयोगमा सञ्चालित परियोजनाको प्रगतिको समीक्षा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय एकता दिवस मनाउनुपर्नेमा जोड

आमाको काजकिरिया गर्दै सांसद उषाकला राई

बालुवाटारमा जापानी विदेश मन्त्रीको ‘बर्थ डे सेलिब्रेसन’ (भिडियोमा)

हिन्दू धर्मको मूल ग्रन्थ वेदलाई हातमा लिएर अमेरिकामा ह्यारीकोे शपथ

छोरी जन्मिए गाउँपालिकाले खाता खोलेर पैसा हालि दिने

नेपाली सेनाको प्रवक्तामा याम प्रसाद ढकाल

औपचारिक भ्रमण पूरा गरी जापानी विदेशमन्त्री प्रस्थान

सरकारले भूकम्पसम्बन्धि अन्तराष्ट्रिय स्तरको संग्राहलय बनाउने

नेपालमा पनि मनाइयो विश्व हिन्दी दिवस

अरबौका मालिक सुमार्गीलाई फेरि अर्काे ठूलो झट्का (भिडियोमा)

सुडानमा सरकारविरुद्ध प्रदर्शन जारी,आज तीनको मृत्यु

खर्बपती दम्पत्तीको डिभोर्स

हतियारधारी समूहको आक्रमणमा परी ४२ जना गोठालाको मृत्यु

‘केदारनाथ’ को सफलतापछि सुशान्तलाई एकसाथ १२ फिल्मको अफर

‘गली ब्वाइ’ मा आलिया र रणवीरको रोमान्स (हेर्नुहोस् ट्रेलर)

‘छक्का पञ्जा ३’ क्यानडा पछि अब म्यान्मारमा

यसका साथै केन्द्रबिन्दु डटकममा आज राजनीति, सामाजिक, स्वास्थ्य,  शिक्षा, आर्थिक,  प्रबिधि, कला, लाइफस्टाइल, खेलकुद, बिश्व बिबिध, बिचार लगायतका थुप्रै समाचारहरु प्रकाशन भएका छन् । सबै समाचार पढ्न यहाँ  क्लिक गर्न सक्नु हुन्छ। त्यस्तै केन्द्रबिन्दुको युट्युब च्यानल मा पनि बिभिन्न समाचार र मनोरोजनात्मक सामग्रीहरु प्रकाशन भएका छन् ।

Logo