रौतहट
उखु उत्पादक संघ र चिनी उत्पादकसंघबीच देश भरका चिनी उद्योग सञ्चालनमा ल्याउने सहमति भएको छ । चालु आर्थिक वर्षको लागि नेपाल सरकारले उखुको मुल्य प्रति क्वीन्टल ५ सय ३६ रुपैयाँ ५६ पैसा निर्धारण गरेको थियो । सरकारले उखुको मुल्य तय गरेपनि उद्योगीले चिनीको बजार मुल्य उखुको मुल्यको अनुपातमा कम भएको र उद्योगीले निकै घाटा वेहोर्नुपर्ने भन्दै उद्योग सञ्चानमा नल्याउने अडान राखेका थिए ।
उद्योगी र किसान प्रतिनिधिबीच बुधवार भएको दुईपक्षीय वार्तापछि उद्योग चलाउने सहमति भएको हो । महोत्तरीको बर्दिवास स्थित गौतम होटलमा किसान प्रतिनिधि र चिनी उत्पादक संघका पदाधिकारीहरुबीच भएको बैठकमा सरकारले तय गरेको मुल्यमा उखु खरिद गर्ने, किसानको भुक्तानी ३० देखि ४५ दिनमा तालिका निकालेर उपलब्ध गराउने, किसानलाई सहुलियत दरमा ऋण उपलब्ध गराउने र चिनी उद्योगले उत्पादन गरेको चिनी किसान प्रतिनिधिको दवावमा सरकारले समयमै उचित मुल्यमा बिक्री बितरण गराउने र उद्योगीलाई पनि सहुलियत व्याजमा ऋण उपलब्ध गराउने सहमति भएपछि उद्योगीहरु मिल चलाउन सहमत भएको बैठकमा सहभागी रौतहट उखु उत्पादक संघका अध्यक्ष अशोक यादवले बताए ।
नागरिकबाट





























प्रतिक्रिया