एक करोड पचास लाख ठगी गर्ने पक्राउ

एक करोड पचास लाख ठगी गर्ने पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौ

महानगरीय अपराध महाशाखाले विदेश पठाएइदिने भन्दै एक करोड ५० लाख ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ ।

पुतलीसडकमा गेट्स कन्सल्टेन्सी सञ्चालन गरी अष्ट्रेलिया, क्यानडा लगायतका मुलुक पठाइदिने भन्दै २० जना भन्दा धेरै व्यक्तिसँग एक करोड ५० लाख ठगी गर्ने पाल्पाका ३४ वर्षीय गणेश ढकाललाई बुधबार दिउँसो महाशाखाको टोलीले पक्राउ गरेको हो ।

महाशाखाका प्रवक्ता नरेन्द्रप्रसाद उप्रेतीले भक्तपुरको सूर्यविनायक बस्ने आभाष खनाललाई क्यानडा पठाइदिने भन्दै सात लाख ठगी गरेको उजुरीका आधारमा ढकाललाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

ढकालले ठगी गरेको पैसा खनालले मागेपछि खाली चेक दिएकाले उनलाई बैंकिङ र ठगी कसुर अन्तर्गत अनुसन्धान भइरहेको प्रवक्ता उप्रेतीले बताउनुभयो ।
रासस

Skip This
Skip This
Logo