केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । "/>

गोविन्द केसीको चेतावनीदेखि लक्की शेर्पाको आक्रोशसम्म

गोविन्द केसीको चेतावनीदेखि लक्की शेर्पाको आक्रोशसम्म

केन्द्रबिन्दु
0
Shares

देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । यसरी अपडेट भएका अनेकौ समाचारहरु मध्ये प्रमुख समाचारहरुलाई यहाँ प्रस्तुत गर्दैछौ । हाइलाइट गरिएको शिर्षकहरुमा क्लिक गरेर बिस्तृत समाचार पढ्न सक्नु हुन्छ ।

‘अबको लडाँई ओली र प्रचण्डबिरुद्ध’- डा. गोविन्द केसी

डा. गोविन्द केसीले अबको आफ्नो लडाँई प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डबिरुद्ध हुने प्रतिक्रिया दिएका छन्।

मिडियासंग आक्रोशित राजदूत शेर्पाले भनिन्,- “प्रचण्डको नोमिनेशन, देउवा सरकारको नियुक्ती”

अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले केही दिनमा पत्रकार सम्मेलन गरेर सत्य तथ्य सार्वजनिक गर्ने बताएकी छन्। मिडियाले आफुलाई निकै तनाव दिएको भन्दै राजदूत शेर्पाले कुटनैतिक मूल्य र मान्यताका कारण आफु मिडियामा नआएको प्रष्ट पारेकी हुन्।

बिहीबारदेखि पोखराबाट पनि श्रम स्वीकृति लिन सकिने

बिहीबारदेखि पोखराबाट पनि श्रम स्वीकृति लिन सकिने भएको छ । गण्डकी प्रदेश अन्तर्गत पोखराको शहीद चोकमा श्रम तथा रोजगार कार्यालयबाट बिहीबारदेखि पुनः श्रम स्वीकृति लिन सकिने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

कांग्रेस नेता गोविन्दराज जोशीको ५ वर्षका लागि पार्टी सदस्यता खारेज

कांग्रेस नेता गोविन्दराज जोशीको पार्टी सदस्यता ५ वर्षको लागि खारेज गरिएको छ । तनहुँमा स्थानीय, प्रदेश र संघको निवार्चनमा पार्टीका आधिकारीक उम्मेद्वारा विरुद्ध विद्रोही उम्मेद्वार बनेको भन्दैं नेपाली कांग्रेसले जोशीको पार्टी सदस्यता खारेज गरेको हो ।

२२ हजार २ सय मध्ये ८ हजार अस्थायी शिक्षक असफल

शिक्षक सेवा आयोगको परीक्षामा सहभागीमध्ये झन्डै एक तिहाइ अस्थायी शिक्षक असफल भएका छन् । आन्तरिक प्रतिस्पर्धाको परीक्षा दिएका २२ हजार २ सय शिक्षकमध्ये करिब ८ हजार लिखित परीक्षामा अनुर्तीर्ण भएका हुन्। उनीहरुले पास हुन आवश्यक न्यूनतम ४० अंक पनि ल्याउन नसकेको शिक्षक सेवा आयोगले जनाएको छ ।

चिकित्सा शिक्षा विधेयक बहुमतले पारित, डा. केसीसँगको सम्झौता उल्लंघन

संसदको शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयक पारित गरेको छ । कांग्रेसको असहमतिका बाबजुद बुधबार बसेको समिति बैठकले विधेयक बहुमतले पारित गरेको हो । विधेयक पारित भएसँगै डा. गोविन्द केसीसँग सरकारले गरेको सम्झौताको उल्लंघन भएको छ । नयाँ विधेयक अनुसार उपत्यका बाहिर मिडिकल कलेज खुल्न पाउनेछन् ।

बाजुरामा आगलागीमा परेर आमा र २ छोरासहित ३ जनाको मृत्यु

आगलागीमा परेर एकै परिवारका ३ जनाको मृत्यु भएको छ । बुढीनन्दा नगरपालिका ९ को अंगाउपानी स्थित भुगेचौरमा आगलागीमा परेर ३५ वर्षकी अम्वा बोहोरा र उनका १२ वर्षका छोरा सुरेस र ९ वर्षका रमित बोहराको मृत्यु भएको हो ।

यातायात व्यवस्था विभागका महानिर्देशकविरुद्ध १ करोड ३४ लाखको भ्रष्टाचार मुद्दा

यातायात व्यवस्था विभागका तत्कालीन महानिर्देशक चन्द्रमान श्रेष्ठविरुद्ध १ करोड ३४ लाख बढीको भ्रष्टाचार मुद्दा दर्ता भएको छ । श्रेष्ठले सार्वजनिक पदमा रहँदा अवैध रुपमा सम्पत्ति आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधवार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

पानीको हाहाकार: २४ घण्टामा पालो, एक परिवारलाई जम्मा ३० लिटर

नेपाल-जापान हवाई सम्झौता आज हुने

जथाभावी पार्किङ गर्ने सवारी साधनमा ‘ह्वील लक’

पशुपति क्षेत्रको गुरुयोजना बनाउन जनतासँग छलफल गर्नुपर्छः गगन थापा

कोमल आलीको प्रश्न, ‘बम्जनलाई किन पक्राउ गरिएन ?’

सलमान खानले किन दिदैन किस सिन ? यस्तो छ रहस्य

बच्चासँग भुलेर पनि गर्न नहुने ६ गल्ती

अमेरिका र मेक्सिकोको सिमाक्षेत्रमा मानवीय सङ्कट बढ्यो – राष्ट्रपति ट्रम्प

सांसहरुलाई जवाफ दिन सरकारलाई रुलिङ

लोकबहादुर भण्डारीको संयोजकत्वमा स्काउटको तदर्थ समिति गठन (भिडियो)

लोक सेवाले माग्यो १९१ जना नायब सुब्बा

‘पुरानो बुलेट’ वर्ल्ड प्रिमियर हङकङमा

आमाको गर्भमा हुँदा बच्चाले गर्ने ५ कामः पिसाब फेर्नेदेखि हाई गर्नेसम्म

चीनको अर्को चमत्कार, बनायो आकाशमै सडक

यसका साथै केन्द्रबिन्दु डटकममा आज राजनीति, सामाजिक, स्वास्थ्य,  शिक्षा, आर्थिक,  प्रबिधि, कला, लाइफस्टाइल, खेलकुद, बिश्व बिबिध, बिचार लगायतका थुप्रै समाचारहरु प्रकाशन भएका छन् । सबै समाचार पढ्न यहाँ  क्लिक गर्न सक्नु हुन्छ। त्यस्तै केन्द्रबिन्दुको युट्युब च्यानल मा पनि बिभिन्न समाचार र मनोरोजनात्मक सामग्रीहरु प्रकाशन भएका छन् ।

Logo