लोक सेवाले माग्यो १९१ जना नायब सुब्बा

लोक सेवाले माग्यो १९१ जना नायब सुब्बा

केन्द्रबिन्दु
0
Shares

लोक सेवा आयोगले  १९१ जना नायब सुब्बाका लागि दरखास्त आव्हान गरेको छ।

धनकुटा कार्यालय, जलेश्वर कार्यालय, काठमाडौं कार्यालय, पोखरा कार्यालय, बुटवल कार्यालय, सुर्खेत कार्यालय, दिपायल कार्यालयका लागि कर्मचारी माग गरेको हो । लोकसेवाले धनकुटाबाट खुला महिला आदिवासी, मधेसी दलित र अपांग गरी २३ जना माग गरेको छ। त्यस्तै आयोगको कार्यालय जलेश्वरबाट ३० पदका लागि दरखास्त आह्वान गरेको हो।

काठमाडौंबाट न्यायसेवा, परराष्ट्र, लेखापरीक्षण र व्यवस्थापिका संसदका लागि ९९ जनाका लागि दरखास्त आह्वान गरेको हो।  त्यस्तै आयोगको कार्यालय पोखराबाट ८ जना माग गरिएको  भने बुटवलबाट १६ जना माग गरिएको छ। आयोगको कार्यालय सुर्खेतले ७ जना माग गर्दा  दिपायलबाट १० जना माग गरिएको छ।

विज्ञापन दस्तुर ४०० तोकिएको छ भने समावेशी पदका लागि थप २०० दस्तुर कायम गरिएको छ। इच्छुक कर्मचारीले माघ १५ गतेसम्मको दरखास्त दिन सकिन्छ ।  दोब्बर दस्तुर बुझाएर माघ २२ सम्म फाराम भर्न सकिने आयोगले जनाएको छ।

आयोगका अनुसार प्रथम पत्रको लिखित परीक्षा आगामी फागुन १८ गते हुनेछ भने द्धितीय पत्र बैशाख ७ गते हुनेछ । यस्तै तृतीय र चतुर्थ पत्रको परीक्षाा क्रमशः बैशाख ७ र ८ गते हुनेछ ।

बिज्ञापन आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

Skip This
Skip This
Logo