काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको फ्रिक्वेन्सीमा खराबी आएको छ।
विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले भीसीसीएस उपकरणको एरिया र एप्रोचमा समस्या आएको जानकारी दिए। समस्या आए लगतै सबै उडान रोकिएको छ। आन्तरिक र बाह्य सबै उडानहरू बिहान करीव ९ बजेदेखि रद्ध गरिएका छन ।
तर विमान अवतरणमा भने कुनै समस्या नरहेको जनाएको छ । विमानस्थल कार्यालयले अहिले भीसीसीएस परिवर्तन गर्ने काम गरिरहेको छ ।
एक मात्रै अन्तर्राष्ट्रिय विमानस्थलमा प्राविधिक समस्या आएपछि गन्तव्यमा जान हिँडेका यात्रुहरू समस्यामा परेका छन ।





























प्रतिक्रिया