बम्जन आश्रममा सिआइबी, सिन्धुपाल्चोकपछि सिन्धुलीतर्फ

बम्जन आश्रममा सिआइबी, सिन्धुपाल्चोकपछि सिन्धुलीतर्फ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

‘लिटिल बुद्ध’ भनेर चिनिने रामबहादुर बम्जनको सिन्धुपाल्चोक आश्रममा छापा मारेको प्रहरी टोलीले अबको अनुसन्धानका लागि सिन्धुलीलाई लक्ष्य गरेको छ । गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको निर्देशनमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) तथा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक प्रहरीले बम्जनको आश्रममा छापा मारेका थिए ।

हराएका भनिएका व्यक्तिको खोजतलासका लागि सिन्धुपाल्चोकस्थित बाँडेगाउँ आश्रममा छापा मारेपछि प्रहरीको अनुसन्धान हाल बम्जन बसिरहेको भनिएको सिन्धुलीस्थित आश्रमतर्फ केन्द्रित गरिने भएको हो । ‘सिन्धुपाल्चोक प्रहरीले दिएको रिपोर्टका आधारमा हामी उनको आश्रममा जाने तयारीमा छौं,’ प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो, ‘सबै आश्रममा अनुसन्धान हुनेछ, हराएका व्यक्तिका आफन्तले उजुरी दिएका छन्, त्यसबारे अनुसन्धान हुन्छ ।’

बम्जनको विषयमा सञ्चारमाध्यममा समाचार प्रकाशन भएपछि त्यसबारे जानकारी गराउन गृह मन्त्रालयले बारा, मकवानपुर, सर्लाही, सिन्धुपाल्चोक, सिन्धुली, लम्जुङका प्रजिअलाई उनका गतिविधिबारे जानकारी गराउन निर्देशन दिएको थियो । निर्देशन पाइए लगत्तै सिआइबी र सिन्धुपाल्चोक प्रहरीले बाँडेगाउँ आश्रममा छापा मारेर केही प्रमाण संकलन गरेको जनाइएको छ । बाँकी अनुसन्धानका लागि त्यहाँको प्रहरीलाई जिम्मा दिएर सिआइबी टोली भने अनुसन्धानका लागि अन्य जिल्ला खटिने बताइएको छ । प्रहरीका अनुसार सिन्धुली, मकवानपुर, बारा, लमजुङ, सर्लाहीमा रहेका बम्जन आश्रमलाई मुख्य निगरानीमा राखिएको छ ।
नागरिकबाट

Logo