भू–मध्य सागरको वायुले वर्षा र हिमपात : मौसम सुधार हुन केहि दिन लाग्ने

भू–मध्य सागरको वायुले वर्षा र हिमपात : मौसम सुधार हुन केहि दिन लाग्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

भू–मध्य सागरबाट उच्च वायुमण्डल हुँदै भित्रिएको पश्चिमी वायुको प्रभावले मुलुकका अधिकांश भेगमा हिउँदे वर्षासँगै हिमपात शुरु भएको छ । आइतबार बिहान भित्रिएको वायुको असर देशैभरि देखिएको छ ।

सोही वायुको प्रभावले सुदूरपश्चिम र मध्यपश्चिमी भेगमा आइतबार साँझदेखि वर्षा र हिमपात शुरु भएको थियो भने सोमबार बिहानैदेखि त्यस्तै प्रभाव अन्यत्र पनि फैलिएको छ । भू–मध्यसागरबाट सिरिया, इरान, अफगानिस्तान, पाकिस्तान, उत्तरपश्चिम भारत हुँदै मुलुकको पश्चिमी भेगबाट भित्रिएको वायुको प्रभावले अहिले वर्षासँगै हिमपात गराएको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुवास रिमालले बताउनुभयो ।

यो हिउँदयामको स्वभाविक प्रक्रिया भए पनि यसको असर दीर्घकालीन नहुने बताउँदै उहाँले भन्नुभयो– ‘अहिलेको मौसमी प्रणाली मंगलबार पूर्वीभेगबाट सिक्किम र भुटानतर्फ मोडिँदै छ ।’ बुधबार भने उच्च पहाडी र हिमाली भेगको मौसम धुमिएर केही ठाउँमा छिटफुट वर्षासहित हिमपात दोहोरिने रिमालले दावी गर्नुभयो ।

अहिलेको मौसमी प्रभावले काठमाडौंको चन्द्रागिरी र आसपासका उच्च भेगमा समेत हिमपात भएपछि सोमबार मध्याह्नपछि त्यस्ता भेगमा घुमफिर गर्न जानेहरुको घुइँचो बढेको थियो ।
नेपाल समाचारपत्रबाट

Logo