काठमाडौं
काठमाडौं उपत्यकामा चेक बाउन्स (बैंकिङ कसुर) सम्बन्धी अपराध धेरै हुने गरेको छ । प्रहरीको तथ्यांक अनुसार चेक बाउन्समा दैनिक ८–१० वटा उजुरी पर्छन् भने दैनिक औसतमा तीनजना पक्राउ पर्दै आएका छन् ।
चेक बाउन्सका मुद्दाले प्रहरीदेखि अदालतका कर्मचारीसमेत हैरान भएका छन् । विशेष सरकारी वकिल कार्यालयको तथ्यांक अनुसार साउनदेखि २० पुससम्म चेक बाउन्स सम्बन्धी ६ सय ३६ वटा मुद्दा उच्च अदालतमा दायर भएका छन् । ४०–५० हजार रुपैयाँदेखि करोडौँका चेक बाउन्सका मुद्दा छन् । ‘अहिले चेक बाउन्सका मुद्दा असाध्यै बढेका छन्,’ विशेष सरकारी वकिल कार्यालयका प्रमुख सहन्यायाधिवक्ता मुरारी पौडेलले भने, ‘यो महिना (पुस) मा मात्र हामीले ५७ वटा मुद्दा दायर गरेका छौँ ।’ मुद्दा बढेपछि उच्च अदालत पाटनले समेत बैंकिङ कसुर हेर्ने दुईवटा इजलास थप गरेर चार पुर्याएको छ ।
काठमाडौं प्रहरीमा मात्र चेक बाउन्स सम्बन्धी दुई हजार उजुरी छन् । तर एकैपटक धेरैलाई पक्राउ गर्न नसकिने भएकाले प्रहरीले धेरै मुद्दा थाती राखेको छ ।
नयाँ पत्रिकाबाट































प्रतिक्रिया