मेलम्चीको पानी चक्रपथबाहिर पनि विस्तार गरिने

मेलम्चीको पानी चक्रपथबाहिर पनि विस्तार गरिने

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

मेलम्चीको पानी चक्रपथबाहिर पनि विस्तार गरिने भएको छ । त्यसका लागि पाइप बिछ्याउन लागिएको छ । सुरुमा चक्रपथभित्रको बस्तीमा पानी वितरण सम्पन्न भएपछि मात्र बाहिर वितरण गरिने मेलम्ची खानेपानी आयोजना अन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको थियो । तर चक्रपथबाहिर पनि घना बस्ती विस्तार भएको र खानेपानीको माग थेगिनसक्नु भएकाले पहिलो चरणमै चक्रपथबाहिर पनि विस्तार गरिन लागिएको निर्देशनालयको प्रवक्ता दिवाकर ढकालले बताए ।

चक्रपथबाहिर पानी वितरणका लागि पाइप बिछ्याउन टेन्डर सम्पन्न भइसकेको र छिट्टै काम सुरु हुने उनले बताए ।
नयाँ पत्रिकाबाट

Logo