चार किलो सुनसहित धादिङबाट तीनजना पक्राउ

चार किलो सुनसहित धादिङबाट तीनजना पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । चार किलो सुनसहित धादिङको गजुरीबाट तीनजना पक्राउ परेका छन् । चीनको केरुङ हुँदै रसुवागढीबाट छिराएर धादिङ पुर्याएको अवस्थामा प्रहरीकोे टोलीले गए राति पौने १० बजे उक्त सुनसहित तीनजनालाई पक्राउ गरेको हो ।

दुईवटा मोटरसाइकलमा लुकाएर लाँदै गरेको अवस्थामा उक्त सुन बरामद गरेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । चीनको केरुङ हुँदै रसुवागढीबाट सुन लिएर उनीहरू मोटरसाइकलमा धादिङको गल्छीबाट गजुरीतर्फ गइरहेका थिए।

रसुवाबाट नुवाकोट हुँदै धादिङको गल्छीबाट गजुरीतर्फ गइरहेको समयमा रसुवाको उत्तरगया गाउँपालिका–२ का २७ वर्षीय सञ्जीव वाइबा, नुवाकोटको तारकेश्वर गाउँपालिका–५ बस्ने २४ वर्षीय विकास तामाङ र त्यही ठाउँका अर्का २२ वर्षीय युवक सुरेन्द्र तामाङ पक्राउ परेका हुन् ।

Logo