काठमाडौं । काठमाडौं महानगरपालिकाले शिक्षा क्षेत्रमा नमूना र उत्कृष्ट परिणाम दिनेगरी काम गरिरहेको छ । महानगरले विद्यार्थीहरुलाई केन्द्रबिन्दुमा राखेको छ ।
यसमा चारवटा आयाममा मुख्य रुपमा काम गरिरहेको छ । पहिलो कुरा भनेको विद्यार्थी सुरक्षा हो । सुरक्षित हुनको लागि भौतिक संरचनामा लगानी हो । लगानी चाहीं प्लानिङको बेसमा गर्नुपर्ने हुन्छ । त्यसका लागि हामीले काम गरिरहेका छौँ । अहिले एसएसमेन्टको माध्यमबाट विद्यार्थीको लागि विभिन्न मापदण्डहरु फलो गरेर काम गरिरहेका छौँ । बिल्डिङको स्टकचर तयार भइसकेपछि विद्यार्थीको लागि टिचिङ लर्निङका लागि स्रोत जुटाउने प्रयास भएको छ ।
विद्यालयमा विशेषगरी विद्यार्थीहरुको सिकाइ गतिविधिलाई पर्याप्त मात्रामा गराउन आइसीटीका टुल्सहरु, किताबहरु, पुस्तकालय निर्माण, विज्ञान, गणितका ल्याबहरु, सोसल गतिविधिका सेवा सुविधाहरु उपलब्ध गराउनुपर्छ भन्ने मान्यता राखेका छौं । गर्भनेन्स र म्यानेजमेन्ट पारदर्शि हुनुपर्छ भन्नेमा दृढ छौं ।
काठमाडौं महानगरपलिकाले ‘बुक फ्रि फ्राइडे’ अवधारणा अघि सारेको छ। जसमा पाँचवटा स्तम्भ छन्। बुक फ्रि फ्राइडे फाउण्डेसनले पाँचवटा स्तम्भलाई पालना गर्नेगर्छ। पाँचवटा स्तम्भहरुका आधारमा शिक्षकहरुलाई महानगरले तयारी अवस्थामा राखेको छ।
यसमा शिक्षण सिकाई विधिलाई महत्वपूर्ण मानेका छौं । शिक्षकमा लगानी गर्दा पेडागोजीमा पनि इन्भेस्ट गर्नुपर्ने हुन्छ । जहाँ शिक्षकको क्षमता वृद्धि हुन्छ । शिक्षक विधि सँगसँगै विषयबस्तुको पनि ज्ञान विद्यार्थीलाई राम्रोसँग दिनुपर्ने हुन्छ । कतिपय विषयवस्तुमा कुराहरु परिमार्जन भइरहेका हुन्छन् । नयाँ करिकुलमका मापदण्ड अनुसार चाँही शिक्षक तयार रहनुपर्छ भन्ने हो । हामीले आफ्नो कन्टेनलाई पनि नयाँ करिकूलनमको विधिसँग मिलाउनु सक्नुपर्छ ।

काठमाडौं महानगरपलिकाले ‘बुक फ्रि फ्राइडे’ भन्ने अवधारणा अघि सारेको छ । जसमा पाँचवटा स्तम्भ रहेका छन् । बुक फ्रि फ्राइडे फाउण्डेसनले पाँचवटा स्तम्भलाई सेटप गर्नेगर्छ । पाँचवटा स्तम्भहरुमा शिक्षकलाई महानगरले तयारी अवस्थामा नै राखेको छ । शिक्षकको लागि पूर्ण रुपमा लगानी गर्यौं भने त्यसको उपलब्धि विद्यार्थीहरुमा देखिन्छ । त्यसैले महानगरले विद्यार्थीहरुको लागि इन्गेज गरिरहेको छ ।
शिक्षकलाई विधिमा मात्र सिमित राख्दा आइटी अथवा कन्टेन डेलिभरीमा पनि शिक्षकहरुलाई इन्गेज गरिरहेका छौँ । यसको लागि शिक्षक–कलेज कार्यक्रम, टिचर कलेज कार्यक्रम पनि गरिरहेका छौँ । यसले शिक्षकलाई निरन्तर अध्ययन गर्ने वातावरण सिर्जना समेत गरिरहेको छ ।
काठमाडौं महानगरमा हाल ८७ वटा सामूदायिक स्कुल रहेका छन् । त्यसमा तीनवटा विद्यालय जेलभित्र छन् । जेल भन्नाले १८ वर्षभन्दा माथि उमेर भएका जुन कारागारमा जानुहुन्छ उहाँहरुका लागि विद्यालय व्यवस्था गरेका छौं । जिम्मेवार नागरिक बनाउनका लागि जेलभित्र पनि विद्यालय बनाएका हौं । एउटा महिला कारागारमा छ जुन बेसिक लेबलको विद्यालय छ । अर्को पुरुष कारागारमा छ त्यो पनि बेसिक लेबलको विद्यालय नै हो । काठमाडौं महानगरसँग चारवटा स्पेसल स्कुल छन् । यतिबेला ८ लाख ५० हजार विद्यार्थीहरुको संख्या छ ।
पहिला स्कूल-स्कूलले जाँच लिने गर्दथ्यो । अहिले नयाँ अभ्यास गरेका हौं । प्रश्नपत्र चाँही सेन्ट्रलाइज रुपमा बन्छ । विद्यालयको सिकाइ, ईन्ट्रनसिप ग्रेड पनि हेरिरहेका छौं । विद्यालयमा सफा पानीको अवस्था पनि हेर्छौ । कक्षाकोठाको अवस्था पनि मूल्याङकन गर्छाैं ।
काठमाडौं महानगरपालिका भित्र कक्षा १० सम्मका विद्यार्थीहरुलाई खाजाको व्यवस्था गरेका छौं निशुल्क रुपमा । विद्यालमा नर्सको व्यवस्था छ हेल्थ सपोर्टको लागि । ल्यावहरु छन् । आफूले सिकेका जानेका कुरा त्यहाँ प्रयोग गर्नुहुन्छ । आइटी ल्याब छ । विद्यालयमा नयाँ इनोभेटिभ विद्यालयहरुमा कार्यक्रमहरु पनि सञ्चालन गरेको छौं । शुक्रबारको दिन अलग्गै कार्यक्रमहरु छन् । सामुदायिक विद्यालयका विद्यार्थीहरु ३५ वटा विधाहरु छन् जसमा आफ्ना इच्छा अनुसार सहभागी गराउन सकिन्छ ।
सामुदायिक विद्यालयमा विद्यार्थीको सिकाइमा सेफ्टी कल्याणमा एकदम धेरै फोकस गरेको छौं । त्यसको लागि शिक्षकमा लगानी गरिरहेका छौं । विद्यालयको सरसफाईमा पनि उत्तिकै ध्यान दिएको छौं । डि क्लिनिङमा एक्स्पर्ट संघ संस्थाहरुलाई ल्याएर पनि काम गरिरहेको छौं । हराभरा गराउने काममा लागेका छौं । काठमाडौं महानगरपालिका भित्रका सामूदायिक विद्यार्थीहरुले अझै राम्रो सिकाई पाइराख्नु भएको छ ।

विद्यालयहरुको मूल्याङ्कन र वर्गीकरणका विभिन्न पाटोहरु छन् । एउटा एसईईको पाटो भयो, त्यसबाट पनि वर्गीकरण गर्छौ । विद्यागर्थीको अहिले महानगरपालिकाले नै जाँच लिइरहेको छ । पहिला स्कूल-स्कूलले जाँच लिने गर्दथ्यो । अहिले नयाँ अभ्यास गरेका हौं । प्रश्नपत्र चाँही सेन्ट्रलाइज रुपमा बन्छ । विद्यालयको सिकाइ, ईन्ट्रनसिप ग्रेड पनि हेरिरहेका छौं । विद्यालयमा सफा पानीको अवस्था पनि हेर्छौ । कक्षाकोठाको अवस्था पनि मूल्याङकन गर्छाैं । सँगसँगै शिक्षहरुले इनोभेटिभ अभ्यासहरु पनि हेर्छौ । बजेटको सदुपयोगको अवस्था पनि हेर्ने गरेका छौं । जंक फुडलाई हामीले पूरै हटाएका छौं । यस्ता विविध क्षेत्रलाई विद्यालयको मुल्याङ्कन गरिरहेका हुन्छौं ।
काठमाडौं महानरपालिका भित्र निजी र सामूदायिक विद्यालयमा खासै फरक छैन् । पछिल्लो एसईईको रिजल्ट हेर्दा सामूदायिक विद्यालयको ७८ प्रतिशत विद्यार्थीले बि अथवा बिभन्दा माथि ग्रेड ल्याएको पाइन्छ । निजी विद्यालयको पाएको तथ्यांक जुन छ त्यसको ८८ प्रतिशतदेखि ९० प्रतिशत बि अथवा त्यो भन्दा माथि ग्रेड ल्याएको पाइएको छ । एसईईलाई हेर्दा १० प्रतिशत सामुदायिक विद्यार्थी तल देखिन्छन ।
हाम्रो लगानी अनुसार आगामी दुई वर्ष भित्रमा ग्रेडका आधारमा बराबर हुनेछौं । त्यसमा निजी र सामुदायिक दुबैको राम्रो बनाउने प्रयास हुनेछ । अहिले काठमाडौं महानगरपालिकाले पूर्वाधार मूल्याङकन गरेर विद्यार्थीको सेफ्टी पाटोलाई पनि हेरिरहेका छौं । पूर्वाधार मूल्याङकनको मापदण्डहरु निजीमा लागू नभएको पनि पाइएको छ । त्यसैले पूर्वाधार मूल्याङकनको पाटोमा अलिक बढी खुशी छौं । कक्षाकोठामा स्मार्ट बोर्डको व्यवस्था गरेका छौं ।
सामूदायिक विद्यालयका विद्यार्थीले नि:शुल्क रुपमा पढ्न पाएका छन् । जाँचको पैसा पनि तिर्नु पर्दैन् । खाजा पनि दिएका छौ । त्यसमा पनि स्थानीय खानाहरुलाई कसरी प्रमोट गर्न सक्छौ भनेर काम पनि गरेका छौं । बाहिरको खाना र जङ्फुड स्कुलमा दिदैँनौ ।
यस्तो कुरा संस्थागत स्कुलमा पनि होला तर सामुदायिकमा पूर्ण रुपमा नै छ । संस्थागतको पाटोमा सबै विद्यालयमा यस्तो प्रकारको अभ्यास नगरेको पाइरहेका छौ । संस्थागत विद्यालयहरुमा शिक्षकमा लगानी गर्न, टिचर कलेज कार्यक्रमको माध्यमबाट खुल्ला गरेका छौ । उहाँहरुलाई तालिम दिनको लागि पहिला सामुदायिक विद्यालयको शिक्षकहरुलाई मात्र तालिम दिने गरेका थियौ । भने अहिले संस्थागत विद्यालयहरुमा पनि नयाँ अभ्यासहरुको तालिम दिन थालेका छौ । यस्तै विषयगत कुरामा पनि शिक्षकहरुको क्षमता वृद्धि गर्नको लागि लगानी बढाएका छौं ।
सामूदायिक विद्यालयका विद्यार्थीले नि:शुल्क रुपमा पढ्न पाएका छन् । जाँचको पैसा पनि तिर्नु पर्दैन् । खाजा पनि दिएका छौ । त्यसमा पनि स्थानीय खानाहरुलाई कसरी प्रमोट गर्न सक्छौ भनेर काम पनि गरेका छौं ।
संस्थागत विद्यालयमा लगानी गर्ने कुरा हुदैँन तर कतिपय पाटोमा सचेत गराउने काम चाही गर्छौ । प्रविधिमैत्री शिक्षा हाम्रो प्राथमिकता नै हो । प्रविधिको ज्ञान शिक्षकमा हुनैपर्यो र त्यसलाई सही तरिकाले प्रयोग पनि गर्नुपर्छ । यस्तो कुरा पनि सिकाउनैपर्छ ।
करिब दुई हजार जना शिक्षकलाई तालिम दिएका छौ । टिचर कलेज कार्यक्रमबाट सबैलाई पहुँच दिएका छौ । अनलाइन पनि तालिम दिएका छौ । तालिम दिइसकेपछि शिक्षकहरुले एउटा रिपोर्ट बुझाउनु पर्छ । त्यो पनि इमेलको माध्यमबाट पठाउनुपर्छ । यसबाट सिकेको कुरा व्यवहारमा लागू गर्न सजिलो हुने देखियो ।

काठमाडौं महानगरपालिकाले शिक्षाको क्षेत्रमा तीन अर्व ४८ करोड ६४ हजार बजेट हो । त्यसमा संघबाट एक अर्व ३२ करोड ९ लाख ६९ हजार पाएको छौ । आन्तरिक चाहीं दुई अर्व १५ करोड ९२ लाख ९५ हजार आन्तरिक बजेट हो । यो बजेट चार वटा सेक्टरमा खर्च गरेका छौं । प्लानिङ, डिजाइनिङ, कन्सटक्चरको पाटो समेटेका छौं । अनुसन्धानको लागि चाहिने सामग्री, शिक्षकहरुमा क्षमता बिकास गर्ने, इनोभेसन, म्यानेजमेन्टहरुमा लगानी गरेका छौ । खाजामा तीन अर्ब ४८ करोड २ लाख ६४ हजार बजेटमा २३ करोड दिवा खाजामै खर्च हुने गर्छ ।
काठमाडौं महानगरपालिकाका उत्कृष्ट नमुना विद्यालय भनेर छुट्याउने गरेको छैन । विश्व निकेतन नमुना विद्यालय हो तर हामीले छुट्यएका छैनौ । हाम्रो मापडण्ड छ त्यसैअनुसार काम गरिरहेका छौं । काठमाडौं महानगरपालिकामा सामुदायिक विद्यालयभित्र पनि १० प्रतिशत भन्दा कम नतिजा ल्याउने अर्थात ग्रेडिङमा बि भन्दा कम ल्याउने विद्यालयहरु १४ ओटा छन् । ९० प्रतिशत बि वा बि भन्दा माथि ल्याउने छन् । केही विद्यालयहरु सघर्ष गरिरहेका नतिजा कमजोर छ । त्यसमा हामीले काम गरिरहेका छौ ।
बैशाखबाट नै एस्ट्रा क्लासहरुको व्यवस्था गरेका छौ । धेरै विद्यालयहरु छन् अहिले सुधार गरिरहेका छन् । काठमाडौं महानगरपालिकाका विगत तीन बर्षको नतिजा हेर्दा धेरैजसो विद्यालयहरुले सुधार गरिरहेका छन् ।





























प्रतिक्रिया