न्यायाधीश दीपकराज जोशी विदामा

न्यायाधीश दीपकराज जोशी विदामा

केन्द्रबिन्दु
0
Shares

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पहिलो टार्गेट बनेका  न्यायाधीश दीपकराज जोशी शुक्रबारदेखि विदामा बसेका छन् ।

उनी  सोमबारसम्म विदामै बस्ने मनस्थितीमा छन् । त्यसपछि के गर्ने भन्ने बारेमा निर्णय गर्ने बुझिएको छ ।

बिहिबार अदालत पुगेका उनी आफ्नो कार्यकक्ष हेरफेर भएको थाहा पाएपछि हाजिर गरेर फर्केका थिए । जोशीलाई सर्वोच्च अदालतको बरिष्ठतम न्यायधीश र न्यायपरिषद्को सदस्यबाट समेत हटाइएको थियो ।  प्रधानन्यायाधीश राणाले गत बुधबारदेखि नै उनलाई मुद्दाको पेशी तोक्न छोडेका थिए ।

संसदको सुनुवाई समितिले उनलाई प्रधानन्यायाधीशमा अस्वीकृत गरेको थियो ।

Logo