काठमाडौँ
नेपाल प्रहरीले काठमाडौंमा रहेका कार्यालयमा निःशुल्क वाइफाई सेवा सुरु गर्ने भएको छ ।
काठमाडौं परिसर मातहतका १४ प्रहरी वृत्त र ६ वटा प्रभागमा सेवाग्राहीले निःशुल्क वाइफाई सेवा लिन सक्नेछन् । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार इन्टरनेट सेवाप्रदायक सुबिसुसँगको सहकार्यमा परिसर कार्यालयसहित मातहतका २० प्रहरी कार्यालयमा निःशुल्क वाइफाई सेवा सुरु गर्न लागिएको हो ।
त्यसबाहेक महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा पनि सेवाग्राहीले निःशुल्क वाइफाई सेवा लिन सक्नेछन् । काठमाडौं परिसरका प्रमुख एसएसपी वसन्त लामाले पहिलो चरणमा वर्ष दिनसम्म निःशुल्क वाइफाई सेवा प्रवाहका लागि सुबिसुसँग सम्झौता भएको जानकारी दिए । एक वर्षपछि यो सुविधा नवीकरण गर्दै जाने प्रहरीले जनाएको छ ।
नयाँ पत्रिकाबाट





























प्रतिक्रिया