आठ जना प्रहरीलाई पक्राउ गरी मुद्दा चलाइने : निर्मला पन्त प्रकरण

आठ जना प्रहरीलाई पक्राउ गरी मुद्दा चलाइने : निर्मला पन्त प्रकरण

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा लापरबाही गर्ने आठ जना प्रहरीविरुद्ध मुद्दा चल्ने भएको छ  । अनुसन्धानमा प्रमाण नष्ट गरेको र निर्दोष व्यक्तिलाई पक्राउ गरेर यातना दिएको आरोपमा आठ प्रहरीविरुद्ध मुद्दा चलाउन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको हो ।

एआइजी धिरू बस्न्यात नेतृत्वको छानबिन समितिको प्रतिवेदनका आधारमा मुद्दा चलाउन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरलाई निर्देशन दिएका हुन् ।

प्रमाण नष्ट गरेकोमा आठ जना प्रहरीलाई सार्वजनिक न्यायविरुद्धको कसुर मुद्दा तथा निर्दोषलाई यातना दिएकोमा यी मध्ये चारलाई यातना सम्बन्धी मुद्दासमेत चलाउने निर्णय भएको छ । सेवाबाट हटाइएका एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदीश भट्टसहित अवकाशप्राप्त डिएसपी ज्ञानबहादुर सेठी, डिएसपी अंगुर जिसी, इन्सपेक्टर एकेन्द्र खड्का, सइहरू रामसिंह धामी, हरसिंह धामी र प्रहरी जवान चाँदनी साउदलाई सार्वजनिक न्यायविरुद्धको कसुर मुद्दा चलाउन निर्देशन दिइएको प्रहरी प्रधान कार्यालय स्रोतले बतायो ।

एसपी विष्ट, डिएसपीद्वय सेठी र जिसी तथा इन्सपेक्टर खड्कालाई भने दिलीपसिंह विष्टलाई यातना दिएर अपराध कबोल गर्न लगाइएकोमा यातना सम्बन्धी मुद्दा समेत चलाउन निर्देशन भएको छ ।
नयाँ पत्रिकाबाट

Skip This
Skip This
Logo