काठमाडौं । सरकारले वाइडबडी विमान खरिद प्रकरणमा भएको अनियमितताबारे छानविन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ ।
विहीबार बसेको मन्त्रिपरिषद बैठकले पूर्व प्रधानन्यायाधीश गोविन्द प्रसाद पराजुलीको अध्यक्षतामा तीन सदस्यीय उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको हो । आयोगका सदस्यहरुमा पूर्व नायव महान्यायधिवक्ता नरेन्द्रप्रसाद पाठक र चाटर्ड एकाउन्टेन्ट मदन शर्मा रहेका छन् ।
आयोगलाई ४५ दिनको समय दिईएको छ । आयोगले उक्त समयभित्र वाईडबडी बिमान खरिदमा भएको भनिएको घोटलाबारे छानविन गरेर प्रतिवेदन पेश गर्ने सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए । जाँचबुझ ऐन २०२६ को दफा ३ को २ बमोजिम आयोग गठन गरिएको मन्त्री बास्कोटाको भनाई छ ।
विमान खरिदबारे संसदको सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले प्रतिवेदन तयार पारेको भोलिपल्ट सरकारले जाँचबुझ आयोग गठन गरेको हो । उपसमितिले वहालवाला पर्यटनमन्त्री, पूर्वमन्त्रीहरु, सचिव र निगमका महाप्रवन्धकसमेतलाई दोषी देखाएको छ ।































प्रतिक्रिया